इन्भेष्टमेन्ट बैंकको दादागिरीको सामु सबै निरीह

अर्थ/वाणिज्य समाचार

काठमाडौं । पैसाका बलमा व्यवसायीहरुले नीति,नियमलाई कसरी पंङ्गु बनाउँछन् । उनीहरुमाथि एक्सन लिँदा खोज्दा उल्टै कर्मचारीहरु कसरी सरुवामा पर्दछन्,सानो उदाहरण हेरौं

विवादित छायाँ सेन्टरले व्यवस्थापन गरिरहेको छायाँ सेन्टरले पर्यटक भिषामा नेपाल आएका एक विदेशी नागरिकलाई आफ्नो होटलको जिएमको रुपमा काम लगाइरहेको भेटिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका मालिकहरुले सञ्चालन गरेको नगरको काव्या रिसोर्टले ऐन कानुन मिच्दै एक विदेशी नागरिकलाई मासिक दश लाख तलब दिने गरी होटलमा जिएम नियुक्ति गरिएको बिषय उजुरी अहिले सरकारी निकायमा पुगेको छ ।

छायाँ सेन्टरझैं १ सय ७५ रोपनी क्षेत्रफलमा सरकारी जग्गा मिचेर खोलिएको र झण्डै ३ अर्ब हाराहारीमा खोलिएको उक्त रिर्सोटका मुख्य लगानीकर्ता हुन नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, विशाल ग्रुप, दिवाकर गोल्छा कर्पको लगानी रहेको छ । यही होटलमा कोरोना कालमा थर्मल गन ठगी प्रकरणमा मुछिएका सुलभ अग्रवालहरु मिसिएका छन् । जहाँ एक रात बसेको शुल्कमात्र ५० हजार माथि तिनुपर्दछ । जस्को व्यवस्थापन ठमेलको छाया समूहले गरेको छ । यही समूहले पर्यटक भिसामा नेपाल घुम्न आएका एक विदेशी नागरिकलाई होटलको जिएम बनाएको भेटिएको छ ।

बालमन्दिरको जग्गा कौडीको भाउमा लिएर बृहस्पति स्कुललगायतलाई भाडामा दिने विशाल ग्रुप र ठमेलस्थित कमल पोखरी हडपेर छायाँ सेन्टर बनाउने पाँडेको समूहले चलाएको काव्या रिसोर्ट एण्ड स्पाले सरकारी नियम कानुनलाई धज्जी उडाएर पर्यटक भिसामा नेपाल घुम्न आएका विदेशी पर्यटक महाप्रबन्धन (जिएम) बनाएको ।

पोल्याण्डका नागरिक लुकास प्रेन्डकेलाई उक्त होटलले ६ महिनादेखि काव्याको जिएमको जागिरमा नियुक्ति दिएको बताइएको छ । जबकी सरकारी अधिकारीहरुका अनुसार पर्यटक भिसामा आएर नेपालमा काम गर्न पाइँदैन । विदेशी नागरिकले नेपालमा काम गर्दा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट श्रम स्वीकृति लिएर मात्र काम गर्न वा गराउन पाइन्छ । तर श्रम स्वीकृति समेत नलिइ लुकासले काव्याको जिएमको जागिर खाइरहेको भेटिएसँगै अध्यागमन विभाग र श्रम तथा व्यवस्थाजन्य विभागले एक्सन लिएको छ ।

उस्लाई तुरुन्तै ‘डिपोर्ट’ गर्ने र आवश्यक छानबिनपछि रोजगारदाता कम्पनीमाथि गैरकानुनी रुपमा काम लगाएकोमा कारबाही तथा जरिवाना गर्ने तयारी गरिरहेको छ श्रम तथा व्यवसायजन्य विभाग र अध्यागमनले । हेर्न बाँकी छ,हिजोका दिनमा नेपाल इन्भेष्टमेन्ट बैंकले झण्डै ३ अर्ब कर तिर्नुपर्ने निर्णय गर्न लाग्दा मदन दाहाललाई प्रधानमन्त्री प्रचण्डको सचिवालय प्रयोग गरेर हुत्याइएझैं ठूला व्यापारीको अनुकुल निर्णय ठोक्ने कोषहरि निरौला र नरेश खरेलहरु त्यहाँबाट मिल्काइन्छ कि अवैद्य रुपमा विदेशीलाई नेपालमा जागिर दिने काव्याका साहुहरु कारवाहीमा पर्दछन्, त्यो हेर्न बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *