त्रिचन्द्र कलेज बचाउन माग गर्दै विद्यार्थीहरु सडक आन्दोलनमा

शिक्षा/स्वास्थ समाचार

काठमडौं । नेविसंघ त्रिचन्द्र क्याम्पसले भवन पुनर्निर्माण गरिनुपर्ने र आवश्यक पुर्वाधार निर्माणको माग गर्दै सडकमै बसेर पढेर विरोध गरेका छन्। प्रधानमन्त्री स्वयंले पढेको र नेपालकै ज्येष्ठ कलेज भए पनि यसको सम्बर्द्धनमा सरकार उदासिन रहेको भन्दै सोमबार उनीहरूले त्रिचन्द्र क्याम्पस बचाउन माग गरे ।

प्लेकार्डसहित सडकमा उत्रिएका विद्यार्थीहरुले इतिहाँस ढल्दैछ, सरकार मौन छ, शिक्षा मन्त्रालय हराएको सूचना, सेभ त्रिचन्द्र,प्रधानमन्त्री ज्यू, तपाईं पढेको कलेज कहिले बन्ने रु लगायतका नारा लगाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *