मेयरको निशानामा धरान अस्पताल

समाचार

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले ६ करोड लिएर उपकुलपति बनाउने योजना पर्दाफास भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा हुने मनपरी र बिरामीहरुको उपचारमा लापरबाही गर्नेलाई कारबाही गर्न धरानका मेयर मैदानमा उत्रेका छन् । राईलाई खानेपानीको समस्या हल गर्न र सडकको खाडल पर्नु नै पहिलो काम बनेको छ । माओवादी अध्यक्ष प्रचण्डले बधाई पनि दिइसकेका छन् । अस्पतालको लापरवाही, भ्रष्टाचार सुधार्ने काम तिनै नगरप्रमुख राईले उपकुलपति समक्ष १२ बुँदे ज्ञापनपत्र बुझाउँदासमेत झमेला झेलेको आफैंले प्रचार गरेकै छन् ।
पूर्वमा धरान विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान निकै चर्चामा छ । पहिले गगन थापालाई पैसा बुझाएर उपकुलपति बनेका मधेसी डाक्टर रंगेहात पक्राउ परे र अहिले अख्तियार धाएकै छन् । यसपटक अस्पतालले एक्सरे, सिटी स्क्यान, मुटुको जाँच गर्न मेसिन महिनौं पछि मर्मत गरेको बताइएको छ । हर्क राईसँग प्रतिष्ठानमा जोडिएका भ्रष्टाचारीले सवाल जवाफ गर्ने ठाउँ राखेनन् भने जनताले दुःख पाउन पर्दैन । सरकारको लगानी अस्पताल सबै भद्रगोल अवस्थामा छन् । राज्य स्रोतको सदुपयोग नगर्ने प्रवृत्तिले ठाउँ पाएको छ । काठमाडौंका बालेन साह र धरानका हर्क राई चर्चाकै शिखरमा रहेका छन् ।
नगर प्रमुख राई आँफैं एक्लै हिँडेका छन् र उपप्रमुखलाई सँगै लिएर हिँडेका छैनन् । वडाध्यक्षहरु कांग्रेस एमालेका धेरै छन् । नगर परिषद् कस्तो बन्छ त्यसले कति प्रभाव गर्दछ ? त्यस्ता विषयमा मेयर राईको ध्यान गएको छैन । अवस्था पहिलाको जस्तो छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *