वेयरहाउस निर्माणमा ठूलो भ्रष्टाचार

समाचार

काठमाडौं । वेयर हाउस निर्माण गर्ने नाममा ३ करोड १४ लाख बजेटबाट १३ लाख खर्च गरेर टहरा खडा गरी ३ करोड १ लाख भ्रष्टाचार गरिएको छ । अख्तियारले समेत मुल्तवीमा राखेको हिले वेयर हाउस निर्माण सम्बन्धी विवाद अहिले सबैभन्दा बढी चर्चामा छ । नेकपा एमालेका स्थानीय नेता उमेश घिमिरेको अगुवाईमा भएको त्यो भ्रष्टाचारले अहिले पनि चर्चा पाएको छ । घिमिरे उद्योग वाणिज्य संघको समेत अध्यक्ष रहेका छन् । वेयर हाउस निर्माण गर्न नगरपालिकाको कृषि ज्ञान केन्द्र पाख्रीवासले समेत लाखौं लगानी गरेको छ ।
ठेक्का लगाउँदा भवन निर्माण गर्दा आवश्यक पर्ने उपकरण, मेसिनरी सामान, रंगरोगन, फिटिङजस्तो कामको कार्य क्षेत्र छुट्याइएको थियो । तर भवन टहरा बनायो, १३ लाखको टहराले ३ करोड १ लाख झ्वाम पा¥यो । भ्रष्टाचारको विरोध गर्दा तत्कालीन एसपी सुरेन्द्र गुरुङले इन्काउन्टरमा मारिदिने धम्की दिए । एमालेको रजाइँ भइरहेको त्यो धनकुटामा अहिले नेपाली कांग्रेसले नगरप्रमुख, उपप्रमुख जितेको छ । तर अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई एमालेले गरेको भ्रष्टाचारको छानबिन गरेका छैनन् ।
एमाले सरकारको पालामा नीतिगत भ्रष्टाचार अख्तियारले पत्याउँदैन । किनकि मन्त्रिपरिषद्को निर्णय उल्ट्याउन अख्तियारले सक्दैन । वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने पक्षमा छैन । नयाँ जनप्रतिनिधिले आवाज उठाए भने गोली ठोक्न तम्सने प्रहरी सुरेन्द्र गुरुङजस्ता धेरै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *