अमरेश सिंह माओवादीमा पस्ने

समाचार

काठमाडौं । भारतीय गुप्तचरको आरोप लागेका अमरेश सिंहले चुनावलक्षित गर्दै माओवादी प्रदेश गर्ने भएका छन् । सिंहले स्थानीय चुनावमा घात गर्दा सर्लाहीमा कांग्रेसले घात गरेको रिपोर्ट पार्टीका अनुशासन समितिमा रिपोर्ट गरेपछि कांग्रेसबाट भविष्य नदेखेर माओवादीमा प्रवेश गर्ने तयारी गरेका छन् । यो तयारीले धादिङतिरका देशभक्तको अवस्था भोलि के हुने हो? प्रश्न उठेकै छ । माओवादी केन्द्रका नेताहरु मातृका यादव धनुषा, गिरिराजमणि पोखरेल महोत्तरी, गणेश साह सिराहाको बिचमा सम्बन्धविच्छेद अर्थात एकले अर्कालाई स्वीकार्न नसक्दा वा नपत्याउँदा माओवादीले धेरै सिट गुमाएको छ ।
रौतहटमा माओवादीबाट एमाले बनेका प्रभु साहले आफ्नो हैसियत जोगाउन सकेनन् । माओवादीले चाहेको पनि त्यही हो । सर्लाहीमा माओवादीले स्थानीय तहमा प्राप्त जनमत जोगाउँदा संसदको चुनावमा राम्रै स्थान लिन सक्ने भएकोले कांग्रेसका अमरेशले चुनावी खेती गरेका छन् । अमरेश क्षेत्र नं. ४ का सांसद हुन् । नेपाली कांग्रेस र लोसपाको चुनावी गठबन्धन भयो भने टिकट खोसिने तिनै अमरेश सिंहकै हो भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *