सरकारले एघार महिनामा दियो जनतालाई उपहारै उपहार

Uncategorized

काठमाडौं । गठबन्धन सरकार बनेको ११ महिना भएको छ । गठबन्धन सरकारले स्थानीय निर्वाचन पनि सम्पन्न गरेको छ । आगामी कात्तिक वा मंसिरमा संघीय प्रदेशको चुनावको तयारी गर्दैछ भन्ने भनाई छ । तर संघ र प्रदेशको चुनाव गठबन्धन सरकारले गर्छ कि गर्दैन भन्ने भनाई पनि बजारमा चल्दैछ । जे भएतापनि सरकार सञ्चालन गरेको ११ महिनामा सरकारले जनतालाई राहतभन्दा महंगी र भ्रष्टाचारको पुरस्कार दिएको छ । नेपाली जनताले महंगीको कारण चुल्हो बाल्न हम्मे हम्मे परेको छ । बजारमा सामानको हाहाकार छ । व्यापारीले सामान लुकाएका छन् । नेपालीलाई बजारमा सामान किन्ने हैसियत छैन । खाने तेल, चिनीको मूल्य अत्यधिक बढेको छ । बजारमा ग्याँसको मूल्य बढेपनि नेपालीले ग्यास पाएका छैनन् । यस्तै शैक्षिक सत्र सुरु भएको तीन महिना लागेको छ । सरकारी विद्यालयमा पुस्तक पुगेको छैन । विद्यार्थीले किताब नपाएर पढ्न पाएका छैनन् । आम नेपाली किसानले धान रोपाई सुरु गरेका छन् । खेतमा हाल्ने मल किसानलाई दिन सकेको छैन । तरकारीमा बिचौलियाले खेलेका छन् । अहिले नेपाली बजारमा आँपको सिजन छ, तर आँप केरामा जथाभावी विषादी छरिएको छ । हुँदा हुँदा तरकारीमा समेत विषादी पाइने गरेको छ । सरकार चुपचाप बसेको छ । यस्तै पेट्रोलियम पदार्थको मूल्य बढेको छ । यातायात व्यवसायीले सरकारले बढाएको प्रतिशतभन्दा चौगुणा भाडा बढाएको छन् । यातायात व्यवस्था विभागले अनुगमन गरेको छैन । ट्राफिक प्रहरीले यसको बारेमा बोलेका छैनन् । उता सफा टेम्पोले पनि भाडा बढाएर मनलाग्दी गरेको छ । सफा ट्याम्पु बिजुलीबाट चल्ने भएपनि भाडा बढाएको पाइन्छ । उद्योग वाणिज्य विभागजस्ता निकायले ध्यान दिएको छैन । सरकारले नेपाली जनतामाथि खेल्दै आएको छ । उता प्रतिपक्ष दल एमाले चुपचाप बसेको छ । एमाले कसरी हुन्छ गठबन्धन सरकार ढाल्ने खेलमा लागेको छ । राजनीतिक पार्टीका नेताले यस्ता जल्दाबल्दा नेपालीको समस्यालाई वास्ता गरेका छैनन् । उद्योगी व्यापारीले भन्ने गरेका छन्, स्थानीय चुनाव सकिएको छ । अब प्रदेश र संघको चुनाव आउँदै छ । राजनीतिक दलका नेतालाई चुनाव खर्च चाहिन्छ र कुनै पनि पार्टीका नेताले बोल्दैन । स्थानीय चुनावमा जस्तै प्रदेश र संघमा पनि स्वतन्त्र व्यक्ति उठे भने जित्ने सम्भावना रहेको नेपाली जनताको बुझाई छ । किनकि राजनीतिक दलका नेताले केही गर्न सकेनन् । बरु स्वतन्त्रले केही गर्छ कि जस्तो छ । त्यसमा पनि राजनीतिक दलले खेल्न थालेको आरोप जनताले गर्न थालेका छन् । नेपालीलाई बस्न, खान, छोराछोरी पढाइ लेखाईमा समस्या भएको बताइन्छ । सरकारी कर्मचारीको थोरै भएपनि तलब बढेको छ । तर मजदुर किसान अन्य व्यक्ति वर्गको के बढेको छ । उता सरकारले पनि हेप्ने, व्यापारीले पनि हेप्ने । अब बाँच्नु भन्दा बौलाउनु निको भन्दै नेपाली जनता बजारमा गुनासो गर्न थालेका छन् । यस्ता विषयमा सरोकारवाला निकाय चुपचाप बसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *