एसपीपी विवादले ततायो राजनितिक सेना पनि जोडियो

राजनीति समाचार

काठमाडौं । अमेरिकी सेनाका प्यासेफिक कमान्डर जनरल चार्ल्स ए. फ्लिन ले ४ दिने नेपाल भ्रमण गरेर स्वदेश फर्केको लगत्तै काठमाडौंमा अमेरिकाले अगाडी बढाएको स्टेड पार्टनर सिप प्रोग्राम (एसपीपी ) ले नेपालको राजनीतिलाई तताएको छ भने यसको लपेतामा नेपाली सेना समेत आएको छ ।

अमेरिकी सेनाको तर्फबाट काठमाडौं स्थित अमेरिकी दुतावासले सन् २०१५ मा एमपिपि सम्बन्धमा नेपालले पत्र पठाएको र सन् २०१९ बाट नेपाल एसपिपिमा आबद्ध भइसकेको दाबी गरेको छ । तर नेपालको तर्फबाट भने सरकारसँगै पूर्व प्रधानमन्त्री केपी ओलीले एसपिपि सरसम्झौता गरेर नेपाल आबद्ध भइसकेको दाबीलाई अस्वीकार गरेको छ ।

नेपालको सेनाको तर्फबाट पनि एसपीपी सम्बन्धी कुनै पनि साझेदारी नगरेको त्यस्तो प्रक्रिया नभएको र भविष्यमा कोहि सँग पनि सैनिक साझेदारी नहुने स्पष्टीकरण लिएको छ । सरकारमा रहेका ४ वटा दलले र प्रमुख प्रतिपक्ष नेकपा एमालले मुलुकमा अहिले सम्म आबलम्बन गर्दै आएको असंलग्न पराष्ट्र नितिलाई त्यागेर अमेरिकी सैनिक शिविरमा कुनै हालतमा पनि नेपाल प्रवेश नगर्ने दाबी गरिहेका छन् ।

नेपालको भूमिलाई आफ्ना सबै प्रकारको सैनिक गतिविधि संचालन गर्न पाउने एसपीपी संम्झौता स्थितिमा अमेरिकी सेनाले ह्रास गरेर मनाङ मुस्ताङमा शिविर खडा गरि चिनमाथि निगरानि बढाउने स्थिति छ । प्रधानमन्त्री शेरबहादुरले समेत एसपिपिलाई नेपालको हित विपरित भन्ने टिप्पणी गरेर अमेरिकीले अगाडि सारेको एसपिपि सम्बन्धमा सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

तर यहि महिनाको २८ गतेबाट हुने अमेरिकी भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले एसपीपी का सम्झौता गर्ने सम्भावना रहेका छ । कतिपय बुद्धिजिविले एसपीपी सम्बन्धमा नेपालका राजनीति क्षेत्रले अहिले गरिरहेको आपत्ति र विरोधलाई प्रचारको निम्ति भएको उल्लेख गर्दै यस सम्बन्धमा लगभग ३ महिना अगाडि अमेरिकी सर्तअनुसार एमसिसि मिलिएम च्यालेन्ज कर्पोरेसन (एमसिसि) परियोजनालाई नेपालको संसदबाट अनुमोदन गरेको घटनालाई स्मरण गर्न थालेका छन् ।

सर्त अनुसार एमसिसिलाई संसदबाट अुनमोदन गर्नुपर्ने हुँदा त्यति खेर सबै दल र नेताले एमसिसिको चर्काे विरोध गर्दै कुनै हालतमा पनि संसदबाट एमसिसि पास हुन सक्दैन भने दाबी गरेका थिए तर अन्त्यमा थप व्याख्याको नाममा एउटा फुल्को जोडेर नेपालको संसदले एमसिसिलाई अनुमोदन गरेको थियो ।

यसैगरि अमेरिकाले अहिले अगाडि बढाएको एसपिपिलाई पनि नेपालले स्वीकार गर्ने र यहि असार २८ गतेबाट हुन लागेको अमेरिकाको भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले एसपिपि सम्झौता गर्न सम्भावना बढि रहेको बताइन्छ ।

यहि कारणले गर्दा गठबन्धनको एउटा दलका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुरलाई अमेरीका भ्रमणको क्रममा रक्सी खुवाएर सम्झौतामा हस्ताक्षर गर्न लगाउलान् र ख्याल गर्नुहोस् भनेर चेतावनी दिएका छन् ।

एसपीपी का सम्बन्धमा आफु समेत जोडिन पुगेपछि नेपाली सेनाले ४ वटा हवाइसाधान लिएको स्वीकार गर्दै एसपिपि भने स्वीकार गर्न नसक्ने भएर वक्तब्य प्रकाशित गरेको छ । सेनाले त्यसरी राजनीतिक विवादका सम्बन्धमा वक्तब्य प्रकाशित गरेको प्रति राजनितिक र कुतनीतिक क्षेत्रले आपक्ति प्रकट गरेको छ । सरकारले बोल्नुपर्ने ठाउँमा सेना बोलेको भनेर आपक्ति गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *