मन्त्री परिषदको पुनर्गठन मा जोडियो जसपाको विभाजन 

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज भोलि नै गठबन्धनका केहि दल एकीकृत समाजवादी र जनता समाजवादीलाई सम्बोदन हुने गरि मन्त्री परिषद् पुनर्गठन गर्दै छन् ।

२ साता अगाडि गठबन्धनको एउटा दल एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री हेरफेर गर्न गरेको निर्णय अनुसारको प्रस्तावलाई संसदमा आर्थिक बर्षको बार्षिक बजेट र सरकारको निति तथा कार्यक्रम माथि छलपल भइरहेकाले तत्काल मन्त्री परिषद पुनर्गठन गर्न प्रधानमन्त्री अस्वीकार गरेका थिए र प्रधानमन्त्री देउवाले संसदमा बजेटमाथिको र सरकारको निति तथा कार्यक्रममाथिको छलफल समाप्त भइलगत्तै मन्त्रीपरिषद् पुनर्गठन बचन प्रधानमन्त्री देउवाले एकीकृत समाजवादी अध्यक्ष नेपाललाई दिएका थिए ।

सरकारको निति तथा कार्यक्रम र बजेटमाथिको छलफल सम्पन्न भएर प्रधानमन्त्री देउवाले निति तथा कार्यक्रम माथि उठेका प्रश्नको र अर्थमन्त्री जनार्दन शमाले गत विहिबार जवाफ दिइसकेका छन् । अब प्रधानमन्त्ती देउवाले एकीकृत समाजवादीका हालका मन्त्रीहरुलाई फिर्ता पठाएर जिवनदान श्रेष्ठलाई पर्यटन मेटमणी चौधरीलाई शहरी विकास शेरबहादुर कुवँरलाई  श्रम र भवानी खातुनलाई स्वास्थ्य मन्त्री बनाउने छन् ।

यसबाहेक सरकारको अर्काे  घटक जनता समाजवादीले पनि आफ्ना मन्त्री परिवर्तन गर्दै छ । तर यसका लागि जनता समाजवादीका दुई अध्यक्ष उपेन्द्र यादव र बाबुराम भटराईको विवाद जोडिन पुगेको कारण जनता समावादीका मन्त्री हेरफेरमा भने चुनौती देखिएको छ ।

समाचार अनुसार अध्यक्ष बाबुराम भटराइ पार्टी विवादित गर्ने पक्षमा छन् र तर यसका लागि ४० प्रतिशत  सांसद र केन्द्रि सदस्यको आवश्यकता पर्ने भएको कारण मन्त्री परिषद पुनर्गठन मार्फत आफ्नो पक्षका सांसद संख्या बढाउने र ४० प्रतिशत पु¥याउने योजना अध्यक्ष भटराईको रहेको छ ।

तर अर्का अध्यक्ष यादव भने भटराईलाई आफ्नो पार्टीका संसदको संख्या ४० प्रतिशित पु¥याउन नदिनेमा रहेका छन् । दुई अध्यक्षको विवाद र स्वार्थमा जनता समाजवादीको तर्फबाट हुने मन्त्री परिषद विस्तारमा समस्या परेको बथताइन्छ ।

समचार अनुसार चर्का विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मालाई नहटाउने निर्णयमा माओवादी अध्यक्ष प्रचण्ड कायम छन् र माओवादी र कांग्रेस तर्फबाट भने मन्त्री परिषदमा हेरफेर हुने सम्भावना नरहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *