वायुसेवा कम्पनीहरुलाई प्राधिकरणले दियो चेतावनी

अर्थ/वाणिज्य समाचार

काठमाडौं । बुधबारदेखि उद्धार लगायतका नियमित उडानसमेत बन्द गर्ने वायुसेवा कम्पनीहरुको भनाई प्रति नेपाल नागरिक उड्डयन प्राधिकरणले आपत्ति जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने निर्णय सुनाए लगत्तै प्राधिकरणले पनि पत्रकार सम्मेलन गरेर हवाई उडान नरोक्न चेतावनी दिएको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘धाक धम्की यहाँ चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।’

यसअघि वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरुको रात्री बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी आन्दोलित बनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *