एन्फाका नव निर्वाचित पदाधिकारीको शपथ आज

समाचार

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका नव निर्वाचित पदाधिकारीको शपथ ग्रहण आज बुधबार हुने भएको छ। नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको एन्फाले जनाएको छ।

काठमाडौँमा सोमबार भएको निर्वाचनबाट पंकज बिक्रम नेम्बाङ नेतृत्वको कार्यसमिति निर्वाचित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *