महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ/वाणिज्य समाचार

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना तीन संस्थापक सेयरधनीका सात हजार पाँच सय कित्ता सेयर बिक्री गर्ने भएको छ । कविताकुमारी चौधरीको नाममा रहेको तीन हजार पाँच सय, आकाशकुमारी सिंहको दुई हजार र दुर्गानन्द चौधरीको नाममा रहेको दुई हजार कित्ता सेयर संस्थाले बिक्री गर्ने भएको हो ।

उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई नै दिइएको छ । खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

आवेदन लघुवित्तको केन्द्रीय कार्यालय सप्तरीको अग्निसाइर कृष्णासवरण–६ महुलीबाट प्राप्त गर्न सकिन्छ । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरे संस्थाले अन्य व्यक्ति तथा संस्थामा बिक्री गर्ने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *