दलको कारणले विकृति ल्याउँदै

समाचार

रामचन्द्र
०७२ साल असोज ३ गते संविधान जारी भएपछि र ०७४ सालमा आम चुनाव सम्पन्न भएपछि मुलुकको राजनीतिले एउटा नयाँ बाटो समातेको थियो । ०७४ सालमा सम्पन्न भएको आम निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको तालमेलले राम्रो सफलता प्राप्त गरेपछि अनि ०७५ साल जेठ ३ गते यी दुई कम्युनिष्ट पार्टीका बीचमा एकीकरण भएपछी देश राजनीतिक स्थिरताको चरणमा प्रवेष गरेको विश्लेषण समेत हुन थालेको थियो । दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टीमा उत्पन्न भएपछि र नेकपा एमालेवाट चोईटिएर माधव नेपाल समुह बाहिरिए पछि राजनीतिमा फेरि अस्थीरता र विकृति बढन थालेको छ ।
अहिले राजनीतिक विकृतिले कुन हद पार गरीसकेको छ भने महिला मन्त्री, मेरो लोग्ने खोई भन्दै निर्लजतापूर्वक कसैको घरमा पसेर त्याहा रहेकी महिला र उनकी नावालिग छोरीलाई कुटपिट गर्छिन् । तर सम्वन्धित मुख्यमन्त्री त्यस्ती गति छाडा राज्यमन्त्री माथि कारबाही होईन होईन आफैंले संरक्षण दिएर आफ्नै निवासमा राख्छन् । यसलाई भनिन्छ, ठुलो त्यागबाट ल्याएको लोकतन्त्र । लम्बिनी प्रदेशमा लाकतन्त्रको यस्तो तमासा भएको केही महिना अगाडी आफ्नो निजी सचिवलाई मन्त्री र प्रवक्ता बनाएर नेमप्लेट सहित आप्mनै कार्यकक्षमा टेबुल कुर्सी सहित राख्ने पुरुषार्थ गण्डकी प्रदेशका मन्त्री दीपक मनाङ्गीले गरेका हुन् । राजनीतिक विकृति निर्लजताको यो हदसम्म पुग्नुको प्रमुख कारण नेकपा एमालेको विभाजन र दलहरुमा रहेको चरम सत्ता लिप्सालाई जिम्मेवार मान्नु पर्दछ ।
त्यही सत्ता लिप्साको कारण अर्काको लाग्नेलाई आफनो श्रीमान् भन्दै उसका स्वास्नी, छोरीलाई मोटरमा राष्ट्रिय झण्डा हल्लाउँदै गएर कुटपिट गर्ने राज्यमन्त्री माथि मुख्यमन्त्रीले कुनै कारबाही गर्न सक्दैनन् । यसैगरी आफ्नो पीएलाई आफैले मन्त्री बनाएर आफनै कार्यकक्षमा टेबुल कुर्सी दिएर राख्ने जस्तो ऐतिहासिक बहादुरी गर्ने गण्डकी प्रदेशका मन्त्री मनाङ्गे माथि पनि कुनै कारबाही भएको छैन । किनभने अल्तमत बहुमतको खेलमा यी दुई महापात्र माथि कारबाही भए पोखरा र बुटवल दुबै ठाउँको सत्ता ०७२ सालमा भूकम्पले घर ढले जस्तै ढल्छ । अत्यन्त गोप्य ढंगले तयार पारेर संसदमा मात्र सार्वजनिक गर्नु पर्ने बजेटको निर्माणमा नै बाहिरका ब्यक्तिलाई संलग्न गराएर कर निर्धारण गर्दा पनि अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्ने होईन कि यो प्रकरणका सम्बन्धमा छानबिन गर्न समेत सरकारले आवश्यक ठान्दैन । किनभने यो प्रकरणमा प्रधानमन्त्री र सम्बन्धित पार्टीका अध्यक्षको स्वार्थ समेत जोडिएको हुन्छ र यस्तो नैतिकहराम प्रकरणका सम्बन्धमा खबरदारी गर्ने तथा प्रश्न उठाउने निकाय समेत यो पद्दतिमा छैन ।
अहिले एकातिर राजनीतिक अस्थिरता बढे गएको छ भने अर्को तिर विकृति राजनीतिमा पद्दतिले थामी नसक्ने गरी बढन थालेको छ । तर राजनीतिक क्षेत्रले यसरी बढेको विकृति र अस्थीरताका सम्बन्धमा कुनै चासो राखेको देखिंदैन । यसको विपरित अहिलेको राजनीतिक क्षेत्र यसैलाई उपलब्धी मानेर खुसीमनाई रहेको स्थिति छ । राजनीतिक क्षेत्रले सत्तालाई नै सर्वोपरी मान्न थालेकोले र राजनीतिलाई नियन्त्रण गर्ने कुनै निकाय नभएकाले यो यो स्थिति जन्मिएको हो । यो स्थितिको परिणाम त सम्पन्न स्थानिय निर्वाचनको काठमाण्डौ, धरान, धनगढी र जनकपुरको पणिामले नै देखाएको छ ।
राजनीतिक दलहरुको बलियो पक्कड रहेका काठमाण्डौ, धरान, धनगढी र जनकपुरमा स्वतन्त्र उम्मेदवारले शानदार विजय हात लगाउनु उनीहरुको लोकप्रियता नभएर दलहरु प्रतिको जनताको आक्रोश कारण थियो । तर यो तितो सत्यलाई दलहरुले स्वीकार गरेको अवस्था देखिदैन । यो मुलुकमा ०४६को राजनीतिक परिवर्तन पछि मात्र हाईन ०७ यतादेखि नै अहिलेसम्म कुनै पनि सरकारले आफ्नो पाँच बर्षको कार्यकाल पुरा गरेका छैनन् । यो राजनीतिक अस्थिरता समाप्त पार्नका लागि वर्तमान संविधानमा नै केही प्रावधान राखिएको छ । सरकार गठन भएको दुई बर्ष पुरा नभई र एउटा अविश्वास ल्याएको एक बर्ष पुरा नभई अविश्वासको प्रस्ताव ल्याउन पाईदैन भने प्रधानमन्त्रीले वैकल्पित सरकार गठनको सम्भावना भएसम्म संसद विघटन गरेर चुनावमा जान पाईदैन । संविधानले स्थिर सरकारका लागि यस्तो ब्यवस्था संविधानले गरेको छ । तर संविधानको यही ब्यवस्थालाई नै विकृत बनाउने काम दलय कित्ताबाट भै राखेको छ ।
मुलुकले जुन निर्वाचन प्रक्रिया अपनाएको छ, यो प्रक्रियाबाट कुनै पनि दलले एकल बहुमत ल्याउन सक्दैनन । अर्थात सरकार सन्चालनका लागि दलहरुले आपसमा गठबन्धन अथवा तामेल गर्नै पर्दछ । यही कारणले गर्दा अहिले चार दलको गठबन्धन सरकार छ भने यसभन्दा अगाडी पनि एमाले अध्यक्ष के.पी.ओलीको नेतृत्वमा यस्तै सरकार थियो । तर नेपालका दलहरुमा गठबन्धनको सस्कार विकास भएको देखिदैन । यही कारणले गर्दा राजनीतिमा विभिन्न विकृति बढेको देखिन्छ ।
सरकार टिकाउन जन्माईएका यी विकृतिले ब्यवस्था र उपलब्धीको शाखमा धक्का पु¥याई राखेको छ । तर जाजनीतिक क्षेत्रको चिन्ता नभएर सत्तामा मात्र भएको देखिन्छ । यही कारणले गर्दा एकातिर विकृति छ भने अर्को तिर जनतामा निराशा र आक्रोश बढी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *