लोसपालाई सरकारमा लैजान किन यस्तो कसरत

समाचार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ठुलोे कसरत चलेको छ । लोसपालाई सरकारमा ल्याउनका लागि प्रम देउवाले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय फुटाउने आफुले सम्हाली राखेको रक्षा मन्त्रायय आफु निकटका कागे्रंसी मन्त्रीलाई दिएर दुई मन्त्रालय सहित अहिले रिक्त रहेको उपसभामुख पनि लोसपालाई दिने लामो समय देखि विवादको कारण अगाडी बढ्न नसकेको नागरिकता सम्बन्धी विधेयकलाई कानुन बनाउन प्रम देउवा सहमत भएका छन् र नागरिकता सम्बन्धी यो विवास्पद विधेयक कानुन बन्ने प्रक्रियामा अगाडी बढेसँगै जसपा पनि सरकारमा सामेल हुनेछ भने यो विधेयक कानुन बने पछी विदेशी ज्वाई, भान्जाभान्जीलाई पनि सहज रुपमा नेपालको नागरिकता प्राप्त हुनेछ । यसैगरी विवाह गरेर नेपाल आए लगत्तै विदेशी बुहारीले नेपालको नागरिकता प्राप्त गर्ने छन् ।
यस्तो प्रचलन विश्वकै लागि नया हुनेछ । किनभने कुनै पनि देशमा विवाह गरेर आएको लगत्तै नागरिकता प्राप्त गर्न सकिँदैन । छिमेकी भारतमा विदेशी बुहारीले नागरिकता प्राप्त गर्न छ बर्ष पर्खिनु पर्छ भने भुटानमा विवाह गरेर आउने विदेशी महिलाले दुई सन्तान जन्माएको विवाह गरेको १४ बर्ष हुनु पर्दछ । पाकिस्तानमा भने विवाह गरेको छ बर्ष हुनु पर्दछ । यसबाहेक जसपालाई सरकारमा सामेल गर्नका लागि प्रम देउवाले जसपा कार्यकर्ता माथिका मुद्दा पनि फिता लिईने छ । यसरी लोसपालाई सरकारमा सामेल गरेपछि भारतसँगको सम्बन्ध पनि सुधार हुने विश्वास प्रम देउवाको छ ।
प्रधानमन्त्री देउवा जसपालाई सरकारमा सामेल गर्न विभिन्न चरण अध्यक्ष महन्थ ठाकुरसँग वार्ता गरेका छन् । र, जसपाको तर्फबाट संसदमा अलपत्र रहेको नागरिकता सम्बन्धी अध्यादेशलाई कानुन बनाउने प्रक्रिया अगाडि बढाएपछि सरकारमा सामेल हुने शर्त राखेको छ । यही कारणले गर्दा अहिले सरकारको प्राथमिकता उक्त अध्यादेशलाई कानुन बनाउने रहेको छ । यसका लागि गृहमन्त्री बालकृष्ण खाँडले गठबन्धनका र प्रमुख प्रतिपक्ष नेकपा एमालेका शीर्ष नेताहरुसँग भेटवार्ता गरेर छलफल गर्ने तथा विवादास्पद नागरिकता सम्बन्धी अध्यादेशलाई संसदबाट अनुमोदन गर्ने वातावरण बनाउन प्रयाश गरी राखेका छन् । वर्तमान सरकारलाई समर्थन दिएको भएपनि सहभागी नभएको लोसपालाई सरकारमा सामेल हुने सम्बन्धमा गम्भीर गृहकार्य भई रहँदा अर्को मधेशी दल जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका बीचमा एकीकरण गर्ने सम्बन्धमा पनि छलफल भई राखेको छ । स्मरण रहोस् २०७४ सालमा सम्पन्न भएको स्थानीय र आम निर्वाचनमा जनता समाजवादी र लोकतान्त्रिक समाजवादी मिलेर चुनाव लडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *