खानेपानीमन्त्री यादवको यस्तो छ, चर्तिकला

राजनीति समाचार

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) भित्रको लफडाले उपत्यकावासीहरुले खानेपानीको नाममा सास्ती खेप्नुपरिरहेको छ । केयुकेएलभित्र सिईओ अशोकुमार पौडेल र कर्मचारी युनियनका नेताहरुबीच लफडा चलिरहेको छ । कांग्रेस, एमाले र माओवादी केन्द्र निकट कर्मचारी युनियनका नेताहरुले भनेको काम सिईओ पौडेलले नमान्दा उनीहरु रुष्ट बनेका छन् ।

पौडेलले पनि कर्मचारी युनियनका नेताहरुले भनेको किन मान्ने भनेर बेवास्ता गर्दै आएका छन् । कर्मचारी युनियनका नेताहरुले भनेको सिईओ पौडेलले नमानेपछि विवाद सुरु भएको हो । आफूहरुले भनेको सिइओ पौडेलले नमानेपछि उनलाई पदबाट हटाउने योजना कर्मचारी नेताहरुले बनाइरहेका छन् । सिईओ पौडेल बरु आफू पदबाट हट्न तयार हुने तर कर्मचारी युनियनले भनेको नमान्ने अडानमा देखिएका छन् ।

त्यसले गर्दा काठमाडौं उपत्यका खानेपानीको पाइप मर्मत संहारदेखि आयोजनाका विभिन्न कामहरु अलपत्र परेका छन् । सिईओ पौडेल र कर्मचारी युनियनका नेताबीच टसल हुँदा बजेटको समेत व्यवस्थापन हुन सकेको छैन । सिईओ पौडेल एमाले नेता तथा अर्थमन्त्री विष्णु पौडेल निकट भएपनि एमाले निकट कर्मचारी संगठनले उनलाई सहयोग गरेको छैन ।

उता खानेपानीमन्त्री प्रदीप यादवले पनि केयुकेएलमा देखिएको समस्या समाधान गर्न सकेका छैनन् । उल्टै मन्त्री यादवले खानेपानी भित्रको विभिन्न ठेक्कापट्टा आफ्नो कब्जामा पार्ने र आयोजना प्रमुखहरु फेरबदल गरेर आर्थिक लाभ लिने काम गरिराखेका छन् । त्योसँगै मन्त्री यादवले आफ्नो सचिवालयमा महिनैपिच्छे महिला कर्मचारीहरु फेरबदल गरिरहने गर्दछन् । मन्त्री यादवको यस्तो हर्कतले गर्दा अधिकांश कर्मचारीहरु रुस्ट बन्न पुगेका छन् । मन्त्री यादवले कतिपय आयोजनाका कर्मचारीहरुलाई समय नपुगिकन सरुवा गर्ने, दक्ष र इमानदार कर्मचारीलाई पाखा लगाउने र अयोग्यलाई आयोजना प्रमुख बनाएर पैसा असुल्ने काम गर्दै आएको कर्मचारी स्रोतको भनाइ छ । त्यसकारण मन्त्री र कर्मचारीबीचको द्वन्द्वले गर्दा केयुकेएलको काम लथालिङ्ग हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *