लोकतान्त्रिक गणतन्त्रमा पनि पत्रकार जोखिममा

राजनीति समाचार

काठमाडौं । राज्यले सञ्चारकर्मीलाई चौथो अंगको बिल्ला झिराएर मख्ख पार्ने काम गरेको छ । जहानिया राणा शासन र निर्दलीय पञ्चायतीय व्यवस्थाविरुद्ध कलम चलाउँदै आएका सञ्चारकर्मीहरु जुनसुकै व्यवस्थाविरुद्धको आन्दोलनमा शिकार बन्ने गरेका छन् । त्यो क्रम जहानिया शाणा शासन, पञ्चायती व्यवस्थादेखि प्रजातन्त्रहुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राजनीतिक दलहरुले तिनै सञ्चारकर्मीहरुलाई प्रयोग गरेर शासनसत्तामा पुग्ने भ-याङ बनाउने गरेका छन् ।

राजनीतिक दलहरुले मात्रै होइन व्यापारीदेखि विभिन्न तस्करी गर्नेहरुले पनि पत्रकारलई नै तारो बनाउने गर्दै आएका छन् । पञ्चायती व्यवस्थाविरुद्ध समाचार खेलेकै आधारमा तत्कालीन वरिष्ठ पत्रकार पदम ठकुराठीमाथि निवासमै गोली प्रहार भएको थियो भने साहित्यकार तथा पत्रकार केशवराज पिंडालीको सर्वहरण गर्ने काम भएको थियो । २०४६ सालमा पुनस्र्थापना भएयता माओवादी जनयुद्धको नाममा धेरै पत्रकारमाथि आक्रमण भएको थियो भने कतिपयले ज्यान गुमाउन वाध्य भएका थिए ।

माओवादी जनयुद्धकालमा पत्रकार डेकेद्र थापालाई परिवारको अगाडि माओवादीहरुले हत्या गरेका थिए । उता, मधेस आन्दोलनको नाममा पत्रकार उमा सिंहलाई हत्या गरिएको थियो । त्यसैगरी सञ्चार उद्यमी जमिम शाहको पनि गोली हानेर हत्या गरिएको थियो । साहित्यकार तथा सञ्चारकर्मी कृष्णसेन इच्छुकलाई पनि जनयुद्धकालीन रिर्पोटिङका क्रममा हत्या गरिएको थियो । यसरीे जुनसुकै पार्टी या समूहले आन्दोलनमा गर्दा रिर्पोटिङमा खटिएका पत्रकारहरुलाई सरकारपक्ष अथवा आन्दोनकारीको तर्फबाट आक्रमण गर्ने काम हुँदै आएको छ ।

त्यसैगरी राजावादीको नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेको आन्दोलनमा एभीन्यूजका क्यामेरा पर्सन सुरेश रजक मारिएका छन् । यी सबै घटनालाई हेर्दा पत्रकारलाई राज्यले चौथो अंगको बिल्ला भिराए तापनि पेशा जोखिममा पर्दै गएको छ । नेपालका सञ्चार उद्यमीहरुले न पत्रकारलाई समयमा तलब दिएका हुन्छन्, न पत्रकारहरुको जीवन बीमा गरिएको हुन्छ न त राज्यले नै रिर्पोटिङका क्रममा मृत्युवरण भएका पत्रकारको परिवारको कुनै व्यवस्था नै गरेको छ । त्यसले गर्दा पनि नेपालको पत्रकारिता पेशा जोखिमपूर्ण बन्दै गएको छ । सञ्चारकर्मीमाथि हेर्ने दृष्टिकोण पनि राज्यले फरक बनाउँदै लगेको छ । त्योसँगै नेपाल पत्रकार महासंघ र विभिन्न दलनिकट पत्रकारहरुको संघ, संगठनहरुले पनि सञ्चार गृह र पत्रकारमाथि हुने दूव्र्यवहारप्रति आवाज उठाउन सकेका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *