संघीय निजामती ऐन कर्मचारीको लागि “माछोमाछो भ्यागुतो”

राजनीति समाचार

काठमाडौं । कर्मचारीको हकहितको लागि भन्दै विभिन्न राजनितिक दलनिकट संघसंगठन खोलिएका छन् । दलैपिच्छेको कर्मचारी संघसंगठन खोलिए तापनि कर्मचारीहरुले दलनिकट ट्रेड युनियन राख्ने परम्पराले गर्दा अधिकांश कर्मचारीहरु मर्कामा परेका छन् । एमाले निकट नेपाल निजामती कर्मचारी संगठन छ भने कांग्रेस निकट निजामती कर्मचारी युनियन रहेको छ । त्यसैगरी माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन रहेको छ भने एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन रहेको छ । मधेसवादी दलनिकट मधेसी निजामती कर्मचारी मञ्च छ भने स्वतन्त्र कर्मचारी युनियन खडा गरिएको छ । यिनै कर्मचारी संघ, संगठनका अध्यक्ष र महासचिव मिलेर निजामती कर्मचारीहरुभित्र राजनीति गर्ने गर्दछन् ।

कर्मचारी संगठनका नेताहरु कर्मचारीहरुको हकहितमा लाग्नुको सट्टा राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाको चाकडी र चाप्लुसी गरेर आमकर्मचारीहरुको मागलाई ओझेलमा पार्ने काम गर्दै आएका छन् । यसले गर्दा संघीय निजामती ऐनको नतिजा हासिल गर्न सकेनन् । चाकडी र चाप्लुसीमा लागेपछि संघीय निजामती ऐनको बारेमा कर्मचारी संगठनका नेताहरु चुकेका छन् । त्यसले गर्दा अधिकांश कर्मचारी युनियनका नेताहरुप्रति रुष्ट बनेका छन् । जति पनि कर्मचारी संगठनका नेता बनेका छन् । उनीहरुले संगठनलाई ठगी खाने भाँडो बनाएका छन् । उता, कर्मचारीहरुको छाता संगठन आधिकारिक ट्रेड युनियनको निर्वाचन २०७६ साल वैशामा हुनुपर्ने थियो ।

त्यतिबेला कोरोनाको कारण सो निर्वाचन हुन सकेन । कोरोनाको निहुँमा २०७६ सालमा रोकिएको आधिकारिक ट्रेड युनियनको निर्वाचन २०८२ साल जेठसम्म आइपुग्दा पनि हुन सकेको छैन । आधिकारिक ट्रेड युनियन कोमामा पुगिसक्दा पनि त्यसको कार्यबहाक अध्यक्ष बनेर भोला पोखरेलले व्यक्तिगत फाइदा उठाइरहेका छन् । पोखरेलले फाइदा मात्रै उठाएका छैनन् आधिकारिक ट्रेड युनियनलाई भजाएर देश, विदेश घुम्ने र कमाइखाने भाँडो बनाउँदै लगेका छन् । यता सरकारी तलब, भत्ता खाने, उता आधिकारिक ट्रेड युनियनको नाम भजाएर देश, विदेश घुमेर मोजमस्ती गर्ने गरिरहेका छन् ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष पोखरेलको मोजमस्ती एकातिर छ भने विभिन्न दलनिकट कर्मचारी संघ, संगठनका अध्यक्ष र पदाधिकारीहरुको सान छुट्टै छ । त्यसले गर्दा आउँदै गरेको संघीय निजामती ऐनमा कर्मचारी संगठनका नेताहरु चुकेका छन् । संगठनका नेताहरु व्यक्तिगत फाइदाको लागि चुकेपछि अन्य कर्मचारी ‘हेरेको हेरै’ भएका छन् । जसले गर्दा संघीय निजामती ऐन कर्मचारीहरुको लागि “माछोमाछो भ्यागुतो” सावित भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *