विशेष अदालतको निर्णयले प्रचण्डलाई धक्का

समाचार

काठमाडौं । आम निर्वाचन आउन अब लगभग छ महिना समय बाँकी छ । विभिन्न चुनौतीको सामना गर्दै र विभिन्न खुराफात गर्दै छोरी रेणुलाई भरतपुर महानगरको मेयरमा जिताएको खुसी राम्रोसंग मनाउन नपाउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विशेष अदालतले १२० भोल्टको झट्का आउने गरी निर्णय गरेको छ । विशेष अदालतले गत सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेलाई भ्रष्टाचार सम्बन्धी मुद्दाबाट सफाई दिएर माओवादी अध्यक्ष प्रचण्डलाई राजनीतिक झण्का दिएको हो ।
०७४ सालमा सम्पन्न भएको आम निर्वाचनमा चितवनको क्षेत्र न. ३ मा राप्रपाका उम्मेदवार पाण्डेले निकटतम प्रतिस्पर्धी भएर प्रचण्डलाई कडा चुनौती दिएका थिए । निर्माण ब्याबसायी समेत रहेका पाण्डे सहित २१ जना माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिन्चाई आयोजनामा भ्रष्टाचार गरेको भनेर ०७५ मंसिर २१ गते विशेष अदालतमा २ अर्ब १३ करोड रुपैयाँको माग दाबी सहित भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको थियो । भ्रष्टाचार सम्बन्धी यो मुद्दाबाट सफाई पाएपछि राप्रपा नेता पाण्डेलाई चुनाव लड्ने बाटो खुलेको छ र आगामी आम निर्वाचनमा उनी चितवनको क्षेत्र न. ३ बाट चुनाव लड्ने र उनको माओवादी अध्यक्ष प्रचण्डसँग प्रतिस्पर्धा हुने निश्चित देखिएको छ ।
कालिका निर्माण कम्पनीको प्रोपराईटर समेत रहेका पाण्डे चितवनको क्षेत्र नंं चारमा निकै लोकप्रिय छन् र यो क्षेत्रको विकासका लागि विभिन्न कार्यहरु पनि आफ्नै लगानीमा सम्पन्न गरेका छन् । यही कारणले गर्दा विक्रम पाण्डेले उम्मेदवार हुँदा माओवादी अध्यक्ष प्रचण्डलाई गम्भीर चुनौती हुने स्थिति छ । र, राप्रपाको तर्फबाट उम्मेदवार हुने पाण्डेलाई नेकपा एमालेले समर्थन ग¥यो भने उनको स्थिति निकै बलियो बन्न जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *