बीमा समितिमा सूर्य सिलवालको हालीमुहाली सुडान घोटालजस्तै बीमा समितिमा घोटाला

समाचार

काठमाडौं । वीमा समितिमा भ्रष्टाचार भएको भन्दै टंगालस्थित अख्तियारलाई गुहारिएको छ । अहिले विमा समितिका हाकिम बनाइएको छ सूर्य सिलवाल उनै सिलवालका साथैं बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल,नाताले अर्थमन्त्री जर्नादन शर्माको आफन्त पर्ने सन्तोष रिजाल,४) बीमा समितिका सञ्चालक तथा कानुन मन्त्रालयका सह सचिव सुशिल कोइराला,बीमा समितिका सञ्चालक तथा आन्तरिक राजश्व विभाग प्रमुख रितेश शाक्य, बीमा समितिका सञ्चालक कपिलदेव ओलीका साथैं अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरका आफ्नै छोरी ज्वाई हिमालयन रि इन्स्योरेन्स कम्पनीका म्यानेजर आलोक प्रताप राणाको मिलेमतोमा बदमासी गरिएको भन्दै अख्तियारमा उजुरी परेको छ ।
पूर्व सचिव सिलवालले सञ्चालक समितिको बैठकमा नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनीलाई दिँदै आएको कूल बीमा शुल्कको २० प्रतिशत प्रत्यक्ष हिस्सा मध्ये नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई आधा आधा बाँडफाँड गर्ने सम्बन्धी प्रस्ताव पेश गरेका थिए । वीमा समिति स्रोतका अनुसार,सो प्रस्ताव सोही दिन अर्थात २०७९ साल जेठ ४ गते साँझ बीमा समितिको कार्यालय कुपण्डोलको पहिलो तल्लामा रहेको अध्यक्षको कार्यकक्षमा अध्यक्ष सूर्य प्रसाद सिलवालको अध्यक्षतामा सञ्चालकहरु सुशिल कोइराला, रितेश शाक्य, कपिलदेव ओली र सन्तोष रिजाल तथा सदस्य सचिव बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले संयुक्त रुपमा पास गर्ने निर्णय भएको थियो । अघिल्लो दिन मात्र समितिले गरेको निर्णयको आधारमा जेठ ५ गते बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सबै बीमा कम्पनीहरुलाई पत्र पठाई २०७९ साल जेठ ४ गतेसम्म नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको कूल बीमाको २० प्रतिशत प्रत्यक्ष बीमा हिस्सा हिमालयन रिलाई समेत आधा आधा बाँडफाँड गरी १०–१० प्रतिशत बनाउन निर्देशन जारी गरेका थिए । यस्ले स्वदेशी कम्पनीहरुको व्यापार खोसेर विदेशी कम्पनी पोसिने भएको भन्दै विमा कम्पनीका सञ्चालकहरुले चिन्ता जाहेर गरेका छन । बीमा समितिको यो निर्देशनबाट निजि बीमा कम्पनी हिमालयन रिलाई बार्षिक साढे तीन अर्ब रुपैयाँ प्रत्यक्ष लाभ पुग्न गएको छ भने नेपाल सरकारको लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीको साढे तीन अर्ब व्यवसाय हिस्सा खोसिएको छ । यस्लाई नेपालको इतिहासमा सुडान घोटाला काण्डलाई बिर्साउने गरी तयार गरिएको नीतिगत भ्रष्टाचारको विषय भएको भन्दै संसदीय समितिमा समेत उजुरी परेको छ ।
बीमा समितिको यो निर्देशनले नेपाल सरकारको करिब ७० प्रतिशत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीलाई बार्षिक साढे तीन करोड रुपैयाँ तत्कालै घाटा पुग्नेछ । त्यसैले पनि यो निर्णय देश, राष्ट्र र नेपाल सरकारको हित विपरित देखिएको हो । एक बर्ष अघि मात्र लाइसेन्स दिइएको कम्पनी हो हिमालयन रि इन्स्योरेन्स कम्पनी । जस्को लाईसेन्स नै विवादित भएको भन्दै अख्तियारमा उजुरी परेको छ यस अघि नै । यस्का अलवा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा अर्थमन्त्री जनार्दन शर्माका आफ्नै छोरी ज्वाई आलोक प्रताप राणा म्यानेजर पदमा कार्यरत रहेका छन् । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो ज्वाई कार्यरत कम्पनीमा आफू मन्त्री पदमा नरहँदा पनि लाभ पुग्ने गरी वर्षौसम्मका लागि कूल बीमा व्वसायको १० प्रतिशतका दरले प्रत्यक्ष बीमा हिस्सा दिने निर्णय एक वर्षका लागि मात्रै नभई आगामी पाँच वर्षसम्मका लागि हुँदा प्रत्येक वर्ष हिमालयन रिलाई बार्षिक साढे तीन अर्ब रुपैयाँ, अर्को वर्ष अलि कम हुँदै पाँच वर्षसम्म एक अर्ब रुपैयाँ आम्दानी हुने गरी डिजाईन गरिएको बीमा कम्पनी सञ्चालकहरु बताउँछन् । यस्तै नाताले बीमा समितिका सञ्चालक सन्तोष रिजाल अर्थमन्त्री जनार्दन शर्माका आफ्नै सालो नाता पर्ने व्यक्ति कार्यरत छन् । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र आफ्नै सालो नाता पर्ने सन्तोष रिजाललाई दवाव दिई आफ्नै ज्वाई नाता पर्ने हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई बार्षिक साढे तीन अर्बको व्यवसाय दिन निर्देशन दिए बमोजिम नै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले यस्तो गलत धन्दा गरेको बताइन्छ । हिमालयन रि इन्स्योरेन्स कम्पनी अख्यिार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै पनि भ्रष्टाचार ठहर गरी जेल सजाय तोकिएका व्यक्ति चतुर्भुज भट्ट र उनका छोरा दीपक भट्टको लगानी रहेको विवादित कम्पनी हो । त्यसैगरी, कोरोना महामारीमा थर्मल गन तस्करीमा रंगेहात पक्राउ परेका सुलभ अग्रवाल जसको मुद्दा अझै बाँकी छ, त्यहाँ उनको समेत लगानी छ । यसरी एउटा बिचौलियालाई पोस्ने काममा अग्रसर भएका छन् पूर्व प्रशासक सूर्य सिलवालसहितको टिम ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *