रैथाने दलहरुलाई अब स्वतन्त्रको चुनौति 

राजनीति समाचार

काठमाडौं । आमनिर्वाचनको मिति अझै  निश्चित भएको छैन । आगामी कात्तिकको अन्तिम साता अथवा मंसिरको पहिलो साता आमनिर्वाचन हुने अनुमान गरिएको छ ।

निर्वाचनको मिति निश्चित नहुँदै राजनीतिक दल र विभिन्न पेशामा स्थापित भएका र समाजमा परिचय बनाएका व्यक्तिहरु समेत आमनिर्वाचनको तयारीमा लाग्न थालेका छन् । गत वैशाख ३० गते काठमाडौं महानगर, धनगढी उपमहानगर, जनकपुर उपमहानगर र धरान उपमहानगरको निर्वाचन परिणामबाट विभिन्न पेशामा रहेर समाजमा सम्मानजनक स्थान बनाउन सफल भएका व्यक्तिहरुसमेत स्वतन्त्र उम्मेदवारी दिन कस्सिएर लागिसकेका छन् ।

काठमाडौं महानगरलगायत तीन उपमहानगरमा देखिएको जनमतले जनता राजनीतिक दल र तिनका उम्मेदवारप्रति वितृष्णा भएको विश्लेषण गर्दै समाजमा योगदान पु¥याएका व्यक्तिहरु स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लाग्न थालेका हुन् ।

त्यसकारण अब हुने आमनिर्वाचन विगतको भन्दा फरक हुने देखिएको छ । विगतमा राजनीतिक दलका उम्मेदवारका बीचमा प्रतिस्पर्धा हुने गर्दथ्यो भने अब हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारले राजनीतिक दलका उम्मेदवारसँग कडा प्रतिस्पर्धा गर्ने संकेत देखिन थालेको छ ।

राजनीतिक दलको गतिविधिबाट वाक्क भएका जनताले विकल्पमा स्वतन्त्र उम्मेदवारलाई चयन गर्ने सम्भावना बढेकाले विभिन्न पेशामा आबद्ध भएका व्यक्ति स्वतन्त्र रुपले अथवा नयाँ पार्टी स्थापना गरेर चुनावी प्रतिस्पर्धामा उत्रन गइराखेका छन् ।

त्यसकारण विगतमा जस्तो राजनीतिक दलका उम्मेदवारले आफ्नो प्रतिस्पर्धामा राजनीतिक दलकै उम्मेदवार छन् भन्ने भ्रम आगामी निर्वाचन नपाल्दा हुने संकेत देखिन्छ ।

यो कुराको संकेत हालै मात्रै राजनीतिक दल गठन गरेका पूर्व सञ्चारकर्मी रवि लामिछानेले आपूm डेडेलधुरा, चितवन अथवा झापाबाट चुनाव लड्न तयार रहेको भनेर कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी ओलीलाई सिधै चुनौति दिएका छन् ।

त्यसैगरी समाजको विभिन्न क्षेत्रमा योगदान गरेर स्थापित कतिपय व्यक्तिले आगामी आमनिर्वाचनमा स्वतन्त्र हैसियतले उम्मेदवारी दिने भनेर राजनीतिक दललाई ठाडो चुनौति दिन थालेका छन् ।

नियन्त्रण गर्ने कुनै निकाय नभएको कारण अहिले राजनीतिक दल तथा नेताहरु फुक्का साँढेको अहंकारमा प्रस्तुत हुने गरेका छन् । विगतमा यस्ता नेताहरुको विकल्प नपाउँदा मतदाताले खराबमध्येका एकलाई छान्नुपर्ने वाध्यता रहेको थियो । तर, यो वाध्यतालाई समाप्त पार्दै अब समाजमा स्वतन्त्र रुपले व्यावसाय सञ्चालन गर्दै आएका र समाजमा अलग परिचय बनाएका व्यक्तिहरु समेत स्वतन्त्र हैसियतले चुनावी मैदानमा उत्रने तयारीमा छन् ।

यो मामिलामा हेक्का गर्नुपर्ने पक्ष के छ भने पाँच दलीय गठबन्धनको तर्पmबाट काठमाडौं महानगरमा उम्मेदवार भएकी  कांग्रेस नेतृ सिर्जना सिंह र नेकपा एमालेका तर्पmबाट उम्मेदवार भएका केशव स्थापितलाई स्वतन्त्र हैसियतबाट मेयरमा निर्वाचन लडेका बालेन शाहले २२ हजारभन्दा बढी मतान्तरले पराजित गरेर जनताको भावनालाई प्रतिविम्बित गरेका छन् ।

अर्थात् अहिले ठूला दलको हैसियत पनि स्वतन्त्र उम्मेदवारकोभन्दा कम रहेको यो निर्वाचन परिणामले देखाएको छ । राजनीतिक दलबाट जनताको मनोभावना हट्न थालेको विश्लेषण गरेर नै समाजमा योगदान दिएर आफ्नो छुट्टै परिचय बनाएका व्यक्तिहरु आगामी आमनिर्वाचनमा राजनीतिक दललाई चुनौति दिँदै उम्मेदवारी दिने तयारीमा जुटेका छन् । र, स्वतन्त्र उम्मेदवारले जनताको समर्थन प्राप्त गर्ने संकेत देखापर्न थालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *