सर्वोत्कृष्ट गीतकार अवार्ड प्रकाश योन्जनलाई 

कला-साहित्य मनोरञ्जन समाचार

काठमाडौँ । यस वर्षको संस्करणमा ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२२’ को सर्वोत्कृष्ट गीतकार उपाधि गीतकार प्रकाश योन्जनले पाएका छन् । उनलाई ‘परदेश’ गीतका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

टिका बम्जनले संगीत गरेको उक्त गीतमा पवन लामाले संगीत संयोजन गरेका छन् भने गायक प्रमोद खरेलले स्वर पस्किएका छन् । गीतमा उमेश गुरुङ्ले निर्देशन गरेका हुन् ।

त्यस्तै कमला अमगाइको निर्माण रहेको गीतमा सम्भु चालिसेले भिडियोलाई छायांकन गरेका छन् । गीतको भिडियोमा महेश खड्का, उशा सुवेदी, लोकेश का एम भा र प्रशुना केसीको अभिनय रहेको छ । सिन्धुपाल्चोक निवासी गीतकार योन्जन ‘आमालाई चाहियो रे’ बोलको गीतबाट नेपाली सांगीतिक क्षेत्रमा उदाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *