लुम्बिनी मेडिकल कलेजको लापरबाहीले अनाहकमा ज्यान लियो

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । पाल्पास्थित लुम्बिनी मेडिकल कलेजको पारबाहीले मेरी आमाको ज्यान लियो । यो घटनादेखि मलाई लुम्बिनी मेडिकल कलेज बिरामीको सेवामा होइन, कमाउ धन्दामा मात्रै सीमित छ जस्तो लाग्यो । यस केलजमा ३२ माथिका अनुभवी चिकित्सकहरु देख्न पाइँदैन ।

बिरामीहरु बाँच्ने आशा बोकेर टाढादेखि त्यहाँ आइपुका हुन्छन् । उनीहरु जब यस कलेजमा भर्ना हुन्छन् तब बेथाको पीडाले बेडमा छटपटाउनु सिबाय केही हुँदैन । त्यहाँ कार्यरत चिकित्सकहरु सबै भरखरका सिकारु हुँदारहेछन् । प्रायजसो पहिलो र दोस्रो वर्षमा अध्ययनरत सिकारु विद्यार्थीले आइसीयुमा रहेका बिरामीसम्मको चेकजाँच गर्दछन् ।

उनीहरुले स्वास्थ्य बीमाको नाममा औषधि मात्रै चलाउने र रोग नै पत्ता नलागी महंगामहंगा औषधि किन्न लगाउने गर्दछन् । साधारण बिरामीलाई पनि दैनिक जसो १० हजारसम्मको औषधि किन्न लाइन्छ । आइसीयुको चार्ज पनि दैनिक २५ हजार हुँदोरहेछ । लुम्बिनी मेडिकल कलेजको सरसफाई र उपचार मद्दति हेर्दा यो हस्पिटल होइन कि बसपार्कतिरको स्टाफ होटेल जस्तो लाग्छ ।

तीनजना स्टाफको भरमा रातभरि बिरामी छाडिन्छ । बिरामीको सम्बेदनशीलतालाई ध्यानै नदिई सिकारु विद्यार्थी चिकित्सकको भरमा बिरामीलाई अलपत्र बनाइन्छ । अस्पतालको व्यवस्थापन हेर्दा सबैतिर लथालिङ्ग देखिन्छ । बिरामीको सम्बेदनशीलता अनुसार कुनै सेवा सुविधा छैन ।

राति दक्ष चिकित्सकको सट्टा केही कर्मचारी र केही पैसामात्रै असुल्न पल्किएका चिकित्सक बस्छन् । ती पेशेवर डाक्टर र भ्रष्ट चरित्रका कर्मचारीहरु आईसीयुमै छिरेर बिरामीका औषधिहरु चोरेर भित्रै रहेको फार्मेसीमा फिर्ता गरेर पैसा असुल्छन् । अनि बिरामीका आफन्तलाई भोलिपल्ट बिहान फेरि १० औं हजारको औषधि किन्न लगाउँछन् ।

यस्तै लूट धन्दाले तेत्रो नाम चलेको लुम्बिनी मेडिकल कलेज लथालिङ्ग अवस्थामा पुगेको छ । कर्मचारी र चिकित्सकलाई मासिक पारिश्रमिक पनि ३, ४ महिनासम्म दिइँदोरहनेछ ।

किन यस्तो लापरबाही भएको ? किन बिरामीलाई राम्रो सेवा उपलब्ध भएन भनेर प्रश्न गर्दा त्यहाँ कार्यरत कर्मचारी र चिकित्सकहरुले उल्टै ‘हामीलाई महिना मर्नेबित्तिकै तलब आउँदैन अनि आउट इनकम नगरी कसरी जीवन चलाउनु ? तपाईंहरुले जहाँ गएर भने पनि हुन्छ हामीलाई केही फरक पर्दै,’ भन्ने गरेको पाइयो।

सिकारु नै भएपनि रोगअनुसारका आवश्यक चिकित्सक र कर्मचारी छैनन् । सीमित कर्मचारी र केही सिकारु विद्यार्थी चिकित्सकको भरमा मेडिकल कलेज चलाउने गरेको पाइयो । थोरै कर्मचारी र चिकित्सक भएपछि तिनैलाई डबल ड्युटी गर्न लगाइन्छ । यसरी कामको लोड र भनेको बेलामा तलब सुविधा नभएका कारण लुम्बिनी मेडिकल कलेजमा उपचार गराउन आउने बिरामीको अनाहकमा ज्यान जाने गरेको हो ।

आवश्यक कर्मचारी र चिकित्सक किन थपिँदैन ? भनेर प्रश्न गर्दा नयाँ आउने स्टाफहरु टिक्दैटिक्दैनन् भन्ने जवाफ पाइयो । त्यसकारण हामीले ओभरलोड खप्नुपरेको छ भन्छन् । यहाँ उपचार गराउन आउने बिरामी निको भएर घर फर्केको एकदमै कम प्रमाण भेटिन्छन् ।

बरु बिरामीका आफन्तले बेलैमा अन्यत्र लगेर उपचार गराए भने मात्रै बिरामीले नयाँ जीवन पाउँछन् । यसरी अस्पतालको लापरबाही देखेपछि बिरामीका आफन्तले छिट्टै बुटवल, काठमाडौं लगेर उपचार गराउने गरेका रहेछन् । यदि त्यसमा ढिलासुस्ती भयो भने बिरामी निको हुने सम्भावना न्यून हुँदोरहेछ । यस अस्पतालको अप्रेसन थेएटर र आइसीयु कक्ष हेर्दा उपचार कक्ष हो कि मूर्दा घर हो जस्तो लाग्छ ।

यसरी गाउँबाट आएका गरीब, पीडित बिरामीलाई शोषण गरेर पाल्पास्थित लुम्बिनी मेडिकल कलेज चलाइएको छ । अस्पताल व्यवस्थापनको लापरबाहीका कारण यहाँ कार्यरत कर्मचारी र चिकित्सकहरु पनि तिनै गरीव र पीडित बिरामीलाई शोषण गर्दछन् । बिरामीबाट लाखौं असुलेर अस्पताल चाइएको छ । बिरामीको पैसा मात्रै लूटे त हुन्थ्यो ।

अस्पतालको लापरबाहीका कारण ज्यान गुमाउनसमेत वाध्य हुनुपरेको छ । यसको सिकार म स्वयं भएको छु । लुम्बिनी मेडिकल कलेजको लापरबाहीका कारण मैले मेरी आमा गुमाउनुप¥यो । यो नियती अरुले भोग्नु नपरोस् । यसमा सम्बन्धित निकायको ध्यान जाओस् । –(केसु नेपाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *