अमेरिकामा ६ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले कानून तोडेको र तोकिएको अवधिभन्दा बढी समय बसेको कारण ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरिएको छ ।

मन्त्रालयका अनुसार, यीमध्ये धेरैजसो घटनाहरू मादक पदार्थ सेवन गरी गाडी चलाउने, चोरी गर्ने र ‘आतंकवादलाई समर्थन गर्ने’ सँग सम्बन्धित रहेको बताइएको छ । यो कारबाही ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको अंश हो, जस अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि पनि कडाइ गरिएको छ ।

यद्यपि, विदेश मन्त्रालयले ‘आतंकवादलाई समर्थन गर्ने’ भन्नाले के बुझिन्छ भन्ने कुरा स्पष्ट पारेको छैन । ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा विरोध गर्ने र यहूदी विरोधी व्यवहार गरेको आरोप लगाउने केही विद्यार्थीहरूमाथि पनि कारबाही गरेको छ ।

विदेश मन्त्रालयले छ हजारमध्ये चार हजार भिसा कानून तोडेको कारणले रद्द गरिएको छ । यसबाहेक, ‘आईएनए ३बी अन्तर्गत आतंकवादसँग सम्बन्धित मुद्दाहरूमा’ दुई सय देखि तीन सय भिसा रद्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *