विपक्षीको मोर्चाले सरकार थाक्यो

राजनीति समाचार

काठमाडौं । सरकारले जनताको पक्षमा केही गरेको छैन । व्यापारी बिचौलिया, माफियाको पक्षमा सरकार छ । विद्युतको महसुल उठाउन उद्योगीहरु कडिकडाउ नगर्ने, एनसेलको करमा ६ अर्ब मिनाहा गराउने गिरीबन्धु टीस्टेटको फाइल नक्कली भुटानी शरणार्थीको फाइल दबाउने जस्ता दर्जनभन्दा बढी विकृतिको संरक्षक बनेको सरकार संसद छलेर अध्यादेशमा रमाउन खोज्दा विपक्षी मोर्चाको घेराबन्दीमा पर्नु नौलो भएन । प्रम ओलीको चाहनामा जे गरिँदैछ, त्यसले व्यवस्था पनि निरंकुश बन्दैछ । प्रधानमन्त्री ओलीले पार्टीभित्र ह्वीप जारी गरेका छन्, तर कांग्रेस मौन छ ।

नेपाली कांग्रेससमेत कतिपय विषयमा प्रमको आवश्यकतामा पर्दैन । जसपा–लोसपा–जनमत नागरिक उन्मुक्ति पार्टीले यो दुई तिहाईको सरकारलाई समर्थन गरेको छ । तर जनमत पार्टीले बारम्बार ओली सरकारसँग प्रश्न उठाएको छ भने दल विभाजन कानून ल्याएर अशोक राई र नेकपा एसका अध्यक्ष माधव नेपालसँग रिसाएका धनबहादुर बुढा, किसान श्रेष्ठ, प्रेम आलेहरुलाई एमालेमा भित्र्याएर कांग्रेसभन्दा ठूलो दल बन्ने र शेरबहादुर देउवालाई हिस्स पार्ने योजनामा एमाले लागेको छ ।

तर संसदमा प्रधानमन्त्री ओलीको इच्छामा विधेयक ल्याएर स्वीकृत गराउने पक्षमा कांग्रेस छैन । कांग्रेस संसदीय दलमा सरकार गलत कामको विपक्षमा मत व्यक्त गर्नेहरु छन् । सभापति देउवालाई आफु छैठौं प्रधानमन्त्री बन्ने श्रीमतीलाई पार्टी उपसभापति बनाउने योजना मात्र छ । संसदमा व्यक्ति स्वार्थ जोडिँदा समस्या हुन्छ । त्यही कारण एमाले र कांग्रेसभित्र यो सरकारको कामप्रति असन्तुष्टि बढ्दैछ ।
विपक्षी मोर्चामा ठूलो संख्या छैन । तर मुद्दा चर्का छन् । सरकारले गल्ती गरेको छ । एमालेभित्र सरकारले गरेको कामको प्रचार भएन भन्दै प्रधानमन्त्री भन्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *