प्रेमिको हत्या गरेको आरोपमा १९ बर्षीय युवती थुनामा

समाचार

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–३ झ्याँकु सर्सेपुका २४ वर्षीय युवक यानबहादुर बस्नेतको हत्याको आरोपमा आरोपमा पक्राउ परेकी उनकी प्रेमिकालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले प्रेमी हत्याको आरोप लागेकी १९ वर्षीया युवतीलाई पुर्पक्षका लागि थुनामा पठाउने ओदेश दिएको हो ।

हत्याको आरोपमा पक्राउ परेका बुबालाई एक लाख धरौटीमा रिहा गरेको छ । यस्तै आमासहित बहिनी भाइ, दाइसहित छिमेकीलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको श्रेष्तेदार शिवप्रसाद पोखरेलले बताए ।

गएको जेठ ३० गते भगाउन भन्दै युवतीको घर पुगेका बेला ती युवतीले यानबहादुरको युवतीले घाँटी थिचेर हत्या गरेको प्रहरीले बताएको छ । हत्यापछि घटनालाई आत्महत्या बनाउन घरनजिकैका जंगलमा लगेर यानबहादुरको शव झुन्ड्याइएको पाइएको पनि प्रहरीको भनाइ छ । प्रहरीले युवतीसहित ८ जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतमा मुद्दा दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *