पहिलो कम्युनिस्ट पार्टी हुने प्रचण्डको सपना कसरी पुरा होला ?

राजनीति समाचार

काठमाडौं । यही असार ९ गते पाटनमा आयोजित एउटा कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले हालै सम्पन्न स्थानीय निर्वाचनमा ललितपुर जिल्लाबाट निर्वाचित माओवादी जनप्रतिनिधिलाई सम्बोधन गरेका छन् ।

उक्त सम्बोधन कार्यक्रममा अध्यक्ष प्रचण्डले अब हुने आमनिर्वाचनमा कम्युनिस्टतर्पm माओवादी केन्द्रले पहिलो स्थान प्राप्त गर्नुपर्छ भन्दै ‘यो लक्ष्य प्राप्तिका लागि माओवादीका नेता, कार्यकर्ता मन, वचन र कर्मले लागिपर्नुपर्ने सुझाव समेत दिएका छन् । माथिल्लो तहको लक्ष्य राख्नलाई सबै दृष्टिले सकारात्मक सोच मान्नुपर्दछ ।

तर, पाँच दलको गठबन्धनमार्पmत चुनाव लड्दा माओवादी केन्द्र कुनै हालतमा अन्य कम्युनिस्ट दलहरुलाई पछाडि पार्दै पहिलो हुने सम्भावना प्राविधिक रुपले पनि हुन सक्दैन ।

किनभने पाँच दलीय गठबन्धनले आगामी आमनिर्वाचनमा प्रत्यक्षतर्पmको १६५ स्थानमा मिलेर लड्ने हो । अहिले सरकार र गठबन्धनको नेतृत्व गरिराखेको नेपाली कांग्रेस आगामी आमनिर्वाचनमा पहिलो स्थानमा पुग्नेगरी रणनीति बनाइराखेको छ । नेपाली कांग्रेसले आगामी आमनिर्वाचनमा प्रत्यक्षतर्पmको १६५ स्थानमा सय स्थान आपूmलाई राखेर ६५ स्थान बाँकी चार दललाई बाँड्ने सोच बनाउको छ ।

कांग्रेसको यो सोच अनुसार कांग्रेसबाहेकका गठबन्धनमा रहेका चार दललाई प्रत्यक्षतर्पm ६५ स्थान भाग लगाउँदा माओवादीलाई बढीमा ३० स्थान पर्न सक्ने स्थिति छ । २०७४ सालमा सम्पन्न भएको आमनिर्वाचनमा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलिले लडेको थियो ।

प्रत्यक्ष १६५ स्थानमा नेकपा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत भाग छुट्ट्याएर चुनाव लडेका थिए । त्यो चुनावमा माओवादी केन्द्ले प्रत्यक्षतर्पmको ३७ सिटमा विजय हासिल गरेको थियो भने समानुपातिकतर्पm १६ स्थानमा विजय प्राप्त गरेको छ ।

२०७४ सालमा यो निर्वाचन परिणाम र अब हुने निर्वाचनमा प्रत्यक्षतर्पmको १६५ स्थानको भागबन्डाको स्थितिलाई हेर्दा माओवादी केन्द्रले राम्रो जनसमर्थन प्राप्त गरेपनि सबै भन्दा ठूलो कम्युनिस्ट दल हुनेगरी चुनाव जित्ने स्थिति प्राविधिक रुपले पनि देखिँदैन ।

किन भने प्रत्यक्षतर्पmको १६५ मध्ये सय स्थान कांग्रेसले राखेपछि बाँकी ६५ स्थानमा गठबन्धनका ४ दलले भागबन्डासँग प्राप्त हुने दलमा राम्रो सफलता प्राप्त गरेपनि माओवादी केन्द्रले ११० स्थानमा हुने समानुपातिक निर्वाचनमा भने माओवादी केन्द्रले राम्रो सफलता प्राप्त गर्न सक्ने देखिँदैन ।

कसरी भने समानुपातिक तर्पmको निर्वाचनमा गठबन्धनको कुनै भूमिका हुँदैन । र, पार्टीको लोकप्रियताले समानुपातिक निर्वाचनलाई प्रभाव पार्दछ । त्यसकारण समानुपातिकतर्पm जनताको उल्लेख्य समर्थन प्राप्त गर्न नसकेको अवस्थामा र प्रत्यक्षतर्पmको सीमित सिटमा चुनाव लड्दा आउने परिणामले माओवादीलाई सबैभन्दा ठूलो कम्यनिस्ट दल हुन सक्ने अवस्था देखिँदैन ।

आगामी आमनिर्वाचनमा गठबन्धनको प्रभाव भनेको प्रत्यक्ष निर्वाचनमा मात्र पर्ने हो । सम्पन्न स्थानीय निर्वाचनमा गठबन्धनका केही दलले खेलेको भूमिकालाई हेर्दा आगामी आमनिर्वाचनमा गठबन्धनका सबै दलले सबैदलको सन्तोषजक समर्थन प्राप्त गर्छन् भन्ने अवस्था छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *