आमचुनावपछि देउवा र प्रचण्ड दुवैको प्रधानमन्त्री हानथाप

राजनीति समाचार

काठमाडौं । वर्तमान सरकारका केही प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकाबीचमा स्वार्थको राजनीति बाझ्ने सम्भावना देखिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी आमनिर्वाचनमा कुनैपनि दलले बहुमत ल्याउन नसक्ने विश्लेषण गर्दै नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दलको रुपमा स्थापित गरेर गठबन्धनमार्पmत प्रधानमन्त्री हुने योजनामा रहेका छन् ।

प्रधानमन्त्री देउवाले पाँदलीय गठबन्धनलाई यसरी उपयोग गर्ने योजना बनाइरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि गठबन्धनमार्पmत आगामी चुनावमा उत्रिएर माओवादी केन्द्रलाई सबैभन्दा ठूलो कम्युनिस्ट दल बनाउने र आमनिर्वाचन पछि गठनमा हुने सरकारको नेतृत्व आपूmले गर्ने योजना अगाडि सारेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही दिन अगाडि आफ्नो पार्टीलाई सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी बनाउने भन्दै त्यसका लागि कार्यकर्तालाई तयारी रहन निर्देशन दिएका थिए ।

माओवादी केन्द्रलाई गठबन्धनलाई उपयोग गरेर सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी बनाउने योजना अगाडि सार्दै अध्यक्ष प्रचण्डले आमनिर्वाचन पछि आपूm प्रधानमन्त्री हुने योजनासमेत अगाडि सारेपछि माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाको राजनीतिक स्वार्थ बाझ्ने अवस्था देखिएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति देउवालाई दबाबमा राख्न आफ्नो पार्टीले नेकपा एमालेसँग चुनावी तालमेल गर्न सक्ने भनेर तर्साउने गरेका छन् ।

स्मरणरहोस् २०७४ सालको आमनिर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले आपसमा तालमेल गर्दा नेपाली कांग्रेस प्रत्यक्षतर्पmको निर्वाचनमा २३ सिटमा सीमित हुनुपरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *