भारतको मनिपुरमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार

समाचार

काठमाडौं । नेपाली–भारत सीमावर्ती क्षेत्रबाट भारतीय बजारमा गएका दुई नेपाली युवती सामूहिक बलात्कारको शिकार भएका छन् । हिजो बिहान ११ बजेको समयमा भारतको मनिपुर बजार गएका युवतीमाथि राजपुर गाउँपािलकामा सामूहिक बलात्कार भएको हो ।

आइतबार ६ जना युवतीहरु भारतीय बजारमा जाँदै गरेकोमा दुइ जनामाथि भारतीय युवाहरुको समूहले बलात्कार गरेको र चारजनामाथि लुटपाट भएको बताइएको छ । सीमावर्ती क्षेत्रको दक्षिणपट्टिको जंगल पुगेका युवतीहरुमाथि भारतीय युवाहरुले एक्कासी झम्टिएको र चारजनालाई भने धम्की दिएर लुटेका थिए ।

उक्त घटनामा पीडित युवतीहरुले प्रहरी समक्ष जाहेरी दिएको र घटनामा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान गरिरहेको बुझिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *