वित्तीय बेथितीमा राष्ट्र बैंक किन मौन ?

समाचार

नेपाललाई ‘बेथिती’ कै मुलुकको संज्ञा दिँदा पनि फरक पर्दैन । नेपालको हरेक क्षेत्रमा बेथिती र भ्रष्टाचारले कुरुप पारिसकेको अवस्था छ । राजनीति, प्रशासन, न्याय, वित्तीय क्षेत्रलगायत सम्पूर्ण क्षेत्र विकृत र स्वार्थ मानसिकताले थलिएको छ । अर्थसँगै निकटता राख्ने वित्तीय क्षेत्र पनि बेथितीको अग्रणी स्थानमै पर्दछ । सामान्य आँखाले हेर्दा वित्तीय संस्थाले सेवा प्रदान गरेको जस्तो देखिएपनि सेवाको नाममा लुटतन्त्र चलाएको कसैले देख्न सकेका छैन । सर्वसाधारण जनताले यस्ता कुरा पहिल्याउनै नसकेपनि वित्तीय क्षेत्रको नियमन र नियन्त्रण गर्ने नेपाल राष्ट्र बैंक मुकदर्शक बनेको छ । नेपाल राष्ट्र बैंकको यस्तो रवैयाको रहस्य कि त राष्ट्र बैंकले नै यस्ता वित्तीय संस्थालाई प्रोत्साहन गर्नु हो । कि त राष्ट्र बैंककै पदाधिकारी यस्ता वित्तीय संस्थामा संलग्न हुनु हो । अर्काेतर्फ, यस्ता वित्तीय संस्थाहरु नै मन्त्री, राष्ट्र बैंकका पदाधिकारी चयनमा भूमिका खेलेका हुन्छन् । आफ्ना स्वार्थ पुरा गराउन सक्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *