म्याडमको हस्तक्षेप सबैतिर फैलियो

समाचार

काठमाडौं । विपक्षी दल राष्ट्र र जनताको सरोकारप्रति सचेत हुने थियो भने देउवा सरकारले जनतमाथि लादेको महंगी र बेथितिको भण्डाफोर गर्न सफल हुन्थ्यो । तर एमाले सरकारले स्थापित गरेको कमिशन बिचौलियाबाट मुलुकले मुक्ति पाएन । त्यही कारण एमाले सडकमा आएन, सरकारले प्रहरीभित्र व्यापक बेथिति ल्याएको छ । प्रधानमन्त्री पत्नी डा.आरजु देउवासँग जोडिएको विकृतिले ठूलो ठाउँ पाएको छ । प्रहरी आफ्नै ऐन नियममा चल्दैन । राजनीतिक हस्तक्षेपले सबैलाई सताएको छ । निजामती प्रशासन लथालिंग बनाएको छ । कानूनी राजलाई तलमाथि पारेर राज गर्ने काम केपी ओलीले गरेका हुन् । केपी ओलीले असंवैधानिक नियुक्ति सम्बन्धी सर्वाेच्चमा परेको मुद्दा समयमा फैसला नगर्नु पनि सरकारको दोष हो । यो सरकारले एक वर्षमा ५८ प्रतिशत महंगी बढायो । एक महिनामा पटक पटक मूल्य बढाएको सरकारले जनताको लागि राहत दिने योजना ल्याएन ।
प्रहरीका असफल पात्रहरु देशभर छन् । जहाँ अपराध हुन्छ, त्यहीँ प्रहरी पुग्छन् । तर सत्य लुकाएर प्रहरीलाई कथित अनुसन्धानमा खटाइन्छ । राजनीतिक दाउपेच भित्र यस्ता विकृति धेरै छन् । सरकार छ, त्यसको औचित्यसमेत बचेको छैन । भ्रष्टाचारले अर्थ मन्त्रालय दुर्गन्धित भएको छ । माओवादी खाओवादी भइसक्यो । कांग्रेसमा डा.आरजु र मञ्जु खाँणको रजाइँ छ । एमालेले स्थापित गरेको कमिशनरुपी रबैया भित्र शेरबहादुर देउवा शुद्ध छैनन् । देउवाको विश्वास प्राप्तहरुले देश लुटिरहेका छन् । बजार मूल्य एकैदिन तीनपटक फरक फरक हुन्छ । सरकार चुप छ । त्यही कारण सरकार असफल छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *