मन्त्रीहरुलाई फिर्ता बोलाउने जसपाको तयारी

राजनीति समाचार

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले केन्द्र सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अलग हुने स्थितिमा पुगेका बेला जसपाले मन्त्री हेरफेरको पनि तयारी गरेको हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले हालका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने गृहकार्य भइरहेको जानकारी दिए । यादवले भने, ‘मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई पठाउने गृहकार्य भइरहेको छ तर को–कोलाई सरकारमा पठाउने भन्ने टुंगो लागिसकेको छैन ।’

हाल सरकारमा जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव छन् । यसअघि सत्ता गठबन्धनको अर्को घटक एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेकाहरुलाई हेरफेर गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *