नेपाल बैंक : सञ्चालकमा ज्ञावली

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालकमा गंगा प्रसाद ज्ञावली नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक पदमा रहेका सुमन राज अर्यालले राजिनामा दिएपछि उनको स्थानमा नेपाल सरकार, अर्थ मन्त्रालयले गंगा प्रसाद ज्ञावलीलाई सञ्चालक पदमा नियुक्त गरिएको बैंकले एक सूचनामार्फत् जानकारी दिएको छ ।

असार १५ गते नै ज्ञावलीले पद तथा गोपनिताको शपथ ग्रहण गरिसकेको बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *