मकै बेच्नेमाथि काठमाडौं महानगरपालिकाको दूव्र्यहार

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिका सडकमा मकै बेच्ने गरिबप्रति क्रुर देखिएको छ । शुक्रबार सडकमा गाडामा राखेर मकै बेच्दै गरेका एक दम्पत्तीमाथि लछारपछार गरेको महानगर प्रहरीले उक्त दम्पत्तीमाथि थप कारवाहीको प्रक्रिया अगाडि बढाएर क्रुर व्यवहार देखाएको हो ।

काठमाडौंको महाराजगंज क्षेत्र वरपर हिउँदमा बदाम तथा वर्षा याममा मकै लगायत फलफूल बेच्ने गरेका चेतेन्द्र र सीता आचार्य दम्पत्तीमाथि महानगरपालिकाका नगर प्रहरीहरुले लछार पछार पार्दै तथा गाडामा भएका मकै समेत छर छार पार्दै गरेको भिडियो शुक्रबार भाइरल भएको थियो । नगर प्रहरीले उनीहरुको मकैसहितको ठेला जबरजस्ती लगेको भिडियोमा देख्न सकिन्छ ।

नगर प्रहरीले त्यसो गरेपछि सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाको चर्को आलोचना भइरहेको छ । सर्वसाधारणले महानगरपालिकालाई गरिबमारा समेत भनि रहेका छन् ।

गरिबले गरेर खान पाउनु पर्ने र नगर प्रहरीले पीडितसँग माझी मागेर गाढा स–सम्मान फिर्ता दिनु पर्नेमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जोड दिएको देखिन्छ ।

तथापी महानगर प्रहरीले भने आचार्य दम्पत्तीका विरुद्ध कानुनी कारवाहीको थप डण्डा वर्षाउने तयारी गरेको छ । महानगरपालिकाका एक अधिकारीले दिएको जानकारी अनुसार आचार्य दम्पत्तीले नगर प्रहरीमाथि दुर्व्यवहार गरेको कुरालाई आधार बनाई अभद्र व्यवहार मुद्धा चलाउने तयारी महानगरपालिका प्रहरीको रहेको छ । जनपथ प्रहरीमार्फत उनीहरुमाथि अभद्र व्यवहारको मुद्दा चलाउने महानगर प्रहरीको तयारी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *