माओवादीको पदाधिकारी चयन आमनिर्वाचिनपछि मात्र

राजनीति समाचार स्थानीय तह

काठमाडौं । माओवादी केन्द्रीय कार्यसमितिको बैठक अहिले चलिराखेको छ । यो बैठकमा सम्पन्न स्थानीय निर्वाचनको समीक्षा भइरहेको छ । आगामी मंसिरमा सम्पन्न हुने संघीय र प्रदेश निर्वाचनका सम्बन्धमा रणनीति बनाउने काम पनि बैठकमा भइराखेको छ । पार्टी अध्यक्ष प्रचण्डले आगामी आमनिर्वाचनमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी बनाउनेगरी चुनावी तयारी गर्न केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई निर्देशन दिएका छन् ।

सहभागी केन्द्रीय सदस्यहरुले पनि सम्पन्न स्थानीय निर्वाचनमा आपूmले भोगेको अनुभवलाई साटासाट गर्दै आवश्यक सुझाव दिने काम गरेका छन् । यो केन्द्रीय कार्यसमिति बैठकले पनि माओवादीको पदाधिकारी भने चयन नगर्ने भएको छ । गत पुसमा सम्पन्न आठौं महाधिवेशनबाट अध्यक्ष प्रचण्ड निर्विरोध निर्वाचित भएका थिए ।

तर, महाधिवेशन सम्पन्न भएर प्रचण्ड अध्यक्षमा निर्वाचित भएको लामो समय बितिसक्दा पनि माओवादी केन्द्रले पदाधिकारी चयन भने ृगर्न सकेको छैन । माओवादीको विधानअनुसार अध्यक्षले अनुमोदन गरेका पदाधिकारीलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्दछ ।

अध्यक्ष दाहालले पार्टीभित्र सन्तुलन मिलाउन र सबैलाई चित्त बुझाउन प्रयास गरेको कारण पदाधिकारी चयनमा ढिलाइ भएको हो । खासगरी महासचिव र वरिष्ठ उपाध्यक्षलाई लिएर अध्यक्ष प्रचण्डले निर्णय गर्न सकिराखेका छैनन् । वरिष्ठ उपाध्यक्षका लागि कृष्णबहादुर महरा र नारायणकाजी श्रेष्ठ प्रमुख दावेदार रहेका छन् ।

त्यसैगरी अध्यक्षपछिको प्रभावशाली कार्यकारी पद महासचिवको लागि वर्षमान पुन र जनार्दन शर्माको प्रमुख प्रतिस्पर्धा रहेको छ । अध्यक्ष प्रचण्डले वरिष्ठद उपाध्यमा नारायाणकाजी श्रेष्ठ र कृष्णबहादुर महरामध्ये कसलाई अगाडि सार्ने भन्ने र महासचिवमा वर्षमान पुन र जनादर्न शर्मामध्ये कसलाई छान्ने भन्ने निर्णय अध्यक्ष प्रचण्डले गर्न सकेका छैनन् ।

अब माओवादी केन्द्रको पदाधिकारी चयन आमनिर्वाचनभन्दा अगाडि हुनसक्ने देखिँदैन । किनभने पदाधिकारी चयनसँगै पार्टीको शीर्ष नेतृत्व तहमा विवाद उत्पन्न हुने र त्यो विवादले आमनिर्वाचनको परिणाममा असर पार्ने निष्कर्ष निकाल्दै अध्यक्ष प्रचण्डले पदाधिकारी चयनको मुद्दा आमनिर्वाचनसम्म पछाडि सार्ने योजना बनाएका हुन् ।

तर, चालु केन्द्रीय कार्यसमितिले स्थायी समिति र पोलिटब्यूरो भने गठन गर्ने भएको छ । यसैगरी पार्टी सञ्चालनमा अध्यक्ष प्रचण्डलाई सहज होस् भनेर यो केन्द्रीय कार्यसमितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सम्भावना रहेको छ ।
उता अध्यक्ष प्रचण्डले केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादीले खेलेको भूमिकाप्रति आलोचना गरिएको छ ।

तर, कतिपय सदस्यले माओवादी एक्लै चुनावी मैदानमा उत्रनुपर्छ भन्ने मत राखेपनि अध्यक्ष प्रचण्ड भने गठबन्धनमार्पmत् नै आमनिर्वाचनमा होमिने पक्षमा रहेका छन् । त्यसैले अध्यक्ष प्रचण्डले आलोचना गर्दै नेपाली कांग्रेस एकीकृत समाजवादीलाई दबाबमा राख्ने रणनीति अख्तियार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *