रामेछापमा बस दुर्घटना : ९ जनाको मृत्यु , २४ जना घाइते

समाचार

रामेछाप । रामेछापबाट काठमाण्डौका लागि छुटेको बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन् । दुर्घटनामा ५ जना पुरुष र ४ जना महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

रामेछापको सुनापति गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते २४ जनालाई धुलीखेल पठाइएको स्रोतले जनाएको छ ।

अहिले उद्धार कार्य  जारी रहेको बुझिएको छ  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *