माओवादी–एकीकृत समाजवादी कम्युनिस्ट एकतातिर सातदोबाटो भेलामा देउवाका लागि अर्को खड्गो

समाचार

काठमाडौं । आमनिर्वाचनको मिति नजिकिँदै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवा आमनिर्वाचन पछि पनि गठबन्धनको भ¥याङ्ग चढेर पुनः सत्तामा पुग्ने योजनामा रमाइरहेका छन् । सरकारमा रहेका कम्युनिस्ट पार्टीलाई उपयोग गरेर पुनः सत्तामा जाने योजना प्रधानमन्त्री देउवाको रहेको छ । यो विषयमा सम्पन्न स्थानीय निर्वाचनको परिमाणले प्रधानमन्त्री देउवालाई थप उत्साहित बनाएको छ । तर, सरकारका दुई प्रमुख कम्युनिस्ट घटक माओवादी केन्द्र र एकीकृत समाजवादी भने आगामी आमनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेलाई पन्छाएर चुनावी मैदानमा जाने र पहिलो दल हुने योजना रचिराखेका छन् ।
यही मेसोमा सर्वोच्च अदालतको निर्णयबाट विघटन भएको नेपाल कम्युनिस्ट पार्टीलाई पुनः जीवित गर्ने भन्दै सातदोबाटो स्थिति एकजना व्यापारीको घरमा माओवादी अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ त्यसैगरी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र केही अगाडि मात्र गठन भएको नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको बीचमा छलफल भएको सम्पन्न भएको थियो । सो छलफलमा कम्युनिष्ट एकता गरेर जाने योजना बनाएका थिए ।
छलफलमा सहभागी रहेका नेताहरुले आमनिर्वाचन अगाडि नै माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानलाई एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टीको रुप दिने र चुनाव अगाडि तीन कम्युनिस्ट पार्टीका बीचमा एकीकरण हुन समय अभावको कारण हुननसके आमचुनाव भने एउटै मोर्चामार्पmत् लड्ने सहमति गरेका छन् । सवोच्च अदालतको आदेशबाट २०७६ साल फागुनमा विघटन भएको नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर गठन भएको थियो । तर, अब कम्युनिस्ट शक्तिकाबीचमा एकीकरण गर्दा नेकपा एमालेलाई तत्काल सहभागी नगराउने सहमति ती पाँच नेताले उक्त भेलामा गरेका छन् । विघटित नेपाल कम्युनिस्ट पार्टीको ९ सदस्यीय सचिवालयका सदस्य रहेका यी पाँच शीर्ष कम्युनिस्ट नेताले आगामी आमनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँग प्रतिस्पर्धा गरेर सबैभन्दा ठूलो दल हुने योजनासमेत बनाएका छन् ।
वर्तमान सत्तारुढ घटकका दुई प्रमुख दल माओवादी केन्द्र र एकीकृत समाजवादी अन्य कम्युनिस्ट शक्तिहरुलाई समेत मिलाएर अगाडि बढ्ने भन्दै एकताको बाटोमा गएपछि अहिले कांग्रेस सभापति देउवाको नेतृत्वमा रहेको पाँच दलीय गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उठ्न थालेको छ । खास गरेर नेकपा एमाले विभाजित भएर माधाव नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन भएदेखि नै सक्रिय राजनीतिबाट हात धात धोएर बसेका वामदेव गौतमले सबै कम्युनिस्ट शक्तिलाई एक ठाउँमा ल्याउने अभियान थालेका छन् । यस क्रममा नेता नेकपा एकता राष्ट्रिय अभियान गठन गरेलत्तै एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । तर, वर्तमान गठबन्धनका दुई प्रमुख दल माओवादी केन्द्र एकीकृत समाजवादीका शीर्ष नेताहरुले कम्युनिस्ट शक्तिलाई एकठाउँमा ल्याउन यो भियान सुरु गरेका हुन् कि प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसमाथि प्रभाव बढाउन यो रणनीति अख्तियार गरेका हुन् भन्ने चाहीं प्रष्ट भएको छैन ।
किन भने केही अगाडि मात्रै नेपाली कांग्रेसमा प्रत्यक्षतर्पmको १६५ स्थानमध्ये १०० स्थानमा कांग्रेस लड्नुपर्ने बाँकी ६५ गठबन्धनका अन्य दललाई दिनुपर्ने विचार अगाडि राखिएको छ । उता माओवादी केन्द्रले प्रत्यक्षतर्पm ५० र एकीकृत समाजवादी २५ स्थानमा दावी गरेको अवस्थामा सत्तामा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी कम्युनिस्ट शक्तिलाई एक ठाउँमा ल्याउने र आगामी आमनिर्वाचनमा त्यहीं कम्युनिस्ट शक्तिमार्पmत जाने योजना बनाएपछि गठबन्धनभित्र हलचल उत्पन्न भएको छ । यो गृहकार्यले सबैभन्दा बढी धक्का प्रधानमन्त्री देउवाको योजनामा पु¥याएको छ ।
सम्पन्न स्थानीय निर्वाचन परिणाम गठबन्धनका सबै दललाई सन्तोषजनक हुनेगरी आएको भएपनि गठबन्धनका सबै दलले सम्पन्न निर्वाचनमा एक÷अर्काले निर्वाह गरेको भूमिका प्रति आलोचना गरिराखेका छन् । र, यही मुद्दाको कारण गठबन्धनका दलहरुमा अविश्वाससमेत बढिराखेको छ । यो स्थितिलाई देखेर नेकपा एमालेले पाँच दलको गठबन्धन आगामी आमनिर्वाचनसम्म जाँदैन भन्ने दावी गरिरहँदा सरकारका दुई प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले कम्युनिस्ट शक्तिहरुलाई एकठाउँमा ल्याएर आगामी चुनावमा जाने योजना बनाउँदा मुलुकको राजनीतिमा अर्को हलचल उत्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *