सरकारद्वारा नागरिकता विधेयक फिर्ता लिने निर्णय

राजनीति समाचार

काठमाडौं । सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको हो ।

२०७५ सालमा ल्याएको विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले पारित गरिएको भएता पनि नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद थियो ।

अब लगत्तै बाबु र आमाको नागरिकता भएकाहरुलाई तत्काल नागरिकता दिनेगरी नयाँ विधेयक संसदमा लाने सरकारको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *