कोरोना संक्रमण ह्वात्तै बढ्यो, एकैदिन ९० जना संक्रमित

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा देशभरबाट परीक्षण गराएका ३११२ नमूनामा ९० नमूनाको परीक्षण रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९४४ र एन्टिजेन विधिबाट ११६८ नमूनाको परीक्षण गरिएको थियो । जसमध्ये पीसीआरबाट ७३ र एन्टीजेनबाट १७ जनामा संक्रमण देखिएको हो ।

देशभर हाल ४०१ जना कोरोना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमितको संख्या बढेको भन्दै मन्त्रालयले स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा। रोशन पोखरेलले कोरोना रोकथामका लागि मास्कको समूचित प्रयोग, व्यक्तिगत सरसफाइ र भौतिक दूरी कायम गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *