ramchandra

राजनीतिक समस्याले जन्माएको विकृति

समाचार

रामचन्द्र बस्नेत
संविधान निर्माण गर्न भनेर जनताको मतबाट ०६४ सालमा सम्विानसभा गठन भएको थियो । तर यो संविधानसभाले आफ्नो कार्यकाल संविधान निर्माणमा होईन सरकार हेरफेरमा नै वितायो भने संविधान निर्माणका लागि अर्को संविधान निर्माण गर्नु प¥यो । संविधान निर्माण गर्न जनताको मतबाट गठन भएको पहिलो संविधानसभाले संविधान बनाउने होईन विभिन्न दलका नेताको नेतृत्वमा हरेक नौ महिनामा सरकार गठन गर्ने काम ग¥यो । यस सेरोफेरोमा पहिलो संविधानसभा गठन भए पछी सबभन्दा ठूलो दलको हैसियतले सबभन्दा पहिले माओवादी अध्यक्ष प्रचण्डले सरकार गठन गरे । तर यो सरकार प्रधान सेनापति रुक्माङग कटवाल विवादको कारणले गर्दा नौ महिना भन्दा अगाडी जान सकेन र प्रचण्डले नौ महिनामा नै प्रधानमन्त्रीबाट राजीनामा गर्नु परेको थियो । त्यसपछी प्रधानमन्त्रीमा आएका झलनाथ खनाल पनि नौ महिना भन्दा बढी टिक्न सकेनन् । खनाल पछि मुलुकको प्रधानमन्त्रीमा माधव नेपाल आए । तर उनको सरकार पनि नौ महिना भन्दा बढी टिकेन । त्यसपछि आयो माओवादीकै अर्का नेता बाबुराम भट्टराईको नेतृत्वमा अर्को सरकार । यो सरकार पनि त्यही नौ महिना जनतालाई तमासा देखाएर गयो । यी सबै सरकार आएका थिए संविधान बनाउन भनेर। तर सबै सरकार सिंहदरवारको भित्तामा फोटो टास्दै बाहिरिए । अनी संविधानसभाको वास्तविक निवाचन गर्न भन्दै सरकारको नेतृत्व गर्न आए सर्बोच्च अदालतका प्रधान न्यायाधीश खिलाराज रेग्मी ।
सरकार हेरफेरको चङगुलमा फसेको संविधानसभाले अन्नत ०७२सालअसोज३ गते संविधान जारी ग¥यो । संविधानसभाबाट संविधान जारी भए पछी मुलुक अस्थिरताबाट स्थिरता तिर र षड्यन्त्रबाट लोकतन्त्र तिर जान थालेको सोचाई सबै नेपालीको दिमागमा जन्मिएको थियो ।
तर स्थिति र वास्तविकताले यो बोलीराखेको छैन । मुलुकमा विकृति र अराजकता झन् बढेर गएको छ । केही दलका नेताले ऐतिहासिक उपलब्धी मानेको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताले आफ्नो उपदेयता अझै पुष्टी गर्न सकेका छैनन । विकृति, भ्रष्टाचार, अराजकता र अस्थिरता झन् बढेर गएको छ । यो सबैको असर संविधान माथि परी राखेको छ । समयमा स्थानीय निर्वाचन सम्पन्न भयो र समयमा नै आमनिर्वाचन पनि सम्पन्न हुन्छ भन्दैमा संविधान सफल भएको मान्न सकिदैन । तर संविधानको कार्यन्वयन प्रक्रिया अगाडी बढेसंगैं यसमा रहेका विकृति पनि प्याजको पत्र जस्तै एकपछि अर्को गरेर बाहिरिदै छन् ।
संविधानसभाबाट राजनीतिक दलको एजेण्डा अनुसार नै यो संविधान जारी भएको छ र यो संविधानलाई सबै जसो राजनीतिक दलले ऐतिहासिक उपलब्धी भनेर प्रशंशा पनि गरेका छन । तर यो संविधान जारी भएपछि मुलुकको राजनीति थप अन्यौल र अस्थिर भएको छ । यसैगरी भ्रष्टाचार र विकृति पनि त्यसै गरी बढेको छ । यसका लागि जनताले नेता र दललाई जिम्मेवार मान्न थालेका छन् । यसैको प्रतिक्रियामा राजधानी काठमाण्डौका जनताले एमाले ,कागे्रंस जस्ता ठूला पार्टीका उम्मेदवारलाई उल्टो लोप्वा खुवाएर स्वतन्त्र उम्मेदवारलाई मेयरमा जिताएका हुन् । तर यो सत्यलाई दलका नेताहरुले मनन गरेको देखिएर र नेताहरु आगामी आमनिर्वाचनमा कसरी विजय हात लगाउने भन्ने तिकडममा मात्र लागि रहेका छन् । दल र नेताको कारण बढेको विकृतिको कारण छ महिनामा केन्द्रमा मन्त्री र प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने विकृति सस्थागत रुपमा विकास हुन थालेकोको छ । मुलुकमा भ्रष्टाचार बढयो, कतैबाट कारबाही भएन भन्दा आफैं उपहासको पात्र बन्नु पर्ने अबस्था आएको छ ।
यस्तै विकृति र असफलता कै कारण संघीयता, गणतन्त्र र धर्म निरपेक्षता माथि बहश हुन थालेको हो । र, यी एजेण्डा पक्षधरहरु विपक्ष मतलाई प्रतिगामीको बिल्लालगाई दिएर आफ्नो प्रतिरक्षा गर्नु पर्ने अबस्था आएको छ । तर अहिले भ्रष्टाचार र विकृति हदभन्दा बाहिर जान थालेको र यसरी बढेको भ्रष्टाचारमा दल र नेता नै संलग्न रहेका सत्यलाई कसैले ईन्कार गर्न सक्दैन । तर विडम्वना यी मुद्दा राजनीतिक दलमा अहिलेसम्म बहशको विषय नै बन्न सकेका छैनन । किनभने बाथरुममा सबै नाङगा छन भन्ने कहावत सबै दलका सबै नेतामा लागु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *