शेखरले मागे देउवासँग ४० प्रतिशत

समाचार

काठमाडौं । गत मंसिरमा सम्पन्न भएको कागे्रंसको चौधौ महाअधिवेशनमा भाई शशांक र बहिनी सुजाताको घातको कारण सभापतिमा निर्वाचित हुनबाट चुकेका शेखर कोइरालाले महाअधिवेशन सम्पन्न भएको छ महिना पछी सभापति शेरबहादुर देउवाको कामको समीक्षा गर्न सुरुगरेका छन । गत साताको विहिबार र शुक्रबार नेता कोइरालाले काठमाण्डौको बत्तिसपुतली स्थित एउटा पार्टी ¥यालेसमा आफु निकटका कागे्रंसी नेताको भेला बोलाएका थिए । त्यो भेलाले सभापति देउवाले पार्टी विधान अनुसार महाअधिवेशन सम्पन्न भएको छ महिना सम्ममा पनि पार्टीका समितिलाई पुर्णता दिन नसकेको, २०जना केन्द्रीय सदस्य अझै मनोनित गर्न नसकेकोसंगै पार्टीलाई एक्लौटीढंगले सन्चालन गरेको निष्कर्ष निकालेको थियो र भेलाले सहमतीमा नभई यसैगरी एक्लैटी ढंगले सन्चालन गर्ने हो भने विगतमा जस्तै सस्थापना ईतर पक्षलाई ४०प्रतिशत हिस्सा दिनु पर्ने माग समेत गरेको छ ।
आफु निकट नेताको भेला सम्पन्न भए लगत्तै कागे्रंस नेता कोइरालाले अहिले पार्टी नेतृत्वबाट उपेक्षामा परेका पार्टीका बरिष्ठ नेताहरुसंग भेटेर सामयिक विषयमा छलफल गर्ने र मार्ग दर्शन लिने काम गरेका छन र भेटमा नेता शेखर कोइरालाले उनीहरुको मार्गदर्शन पार्टीलाई जहिले पनि आवश्यक पर्ने बताएका थिए । नेता कोइरालाले कागे्रंसका पाका नेताहरु विपिन कोइराला, तारानाथ रानाभाट,चिरन्जिवी वाग्ले र ओमकार श्रेष्ठसंग भेटवार्ता गरेका थिए । विपिन कोइराला कागे्रंसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संगठनको सस्थापक सभापति हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *