१३ जना नेपाली कुबेतमा अलपत्र श्रममन्त्री बेखबर

प्रोफाइल बिबिध समाचार

काठमाडौं । रोजीरोटीको लागि आम नेपालीहरुलाई म्यानपावर कम्पनीदेखि विभिन्न विचौलियाहरुले फ्रि–भिसा, फ्रि–टिकट भन्ने नारा दिएर अधिकांश नेपालीहरुलाई विभिन्न भू–भागबाट नेपालीहरुलाई भिजिट भिसा र ओर्कीङ्ग भिषामा खाडीको ५० डिग्री तापक्रमसँगै अन्य देशमा पु¥याएर बिचल्लीमा पार्ने काम गर्दै आएका छन् ।

कतिपय म्यानपावर कम्पनीहरुले राज्यलाई कर छली पनि गर्दै आइरहेका छन् । श्रम तथा सामाजिक सुरक्षामन्त्रीले त्यस्ता विषयमा ध्यान नदिएर उल्टै म्यानपावर कम्पनीहरुलाई प्रोत्साहन दिने काम गर्दै आएका छन् । नेपालीहरु विदेशमा अलपत्र पार्ने काम भइरहेको छ । प्राय जसो नेपालीहरु खाडी मुलुकमा ड्राइभिङ्ग र लोड,अनलोडको काम देखि घरेलु काममा जाने गरेका छन् । अधिकांश नेपालीहरु विदेशमा अलपत्र पर्ने र बिचल्लीमा पर्ने गरेका छन् ।कतिपय त विदेशि जेलहरुमा परेर बन्दकी जिवन बिताइरहेको समाचारहरु संचार माध्यममा नआएका होइनन् । त्यसको उदाहरण बनेको छ काठमाडौंको बसुन्धारा  स्थित ए.एम.बी Human Recource PVT. LTD. सो कम्पनीको दर्ता नंं. ८९२/०६७१०६८ रहेको छ ।

सो दर्ता नम्बर रहेको संचालकहरुले लाइट ड्राइभिङ्ग भिषामा १३ जना नेपालीहरुलाई पर व्यक्ति दुई लाख ५० हजार देखि तीन लाख सम्म असुलेर विभिन्न सेवा सुविधाको नारा दिएर कुबेत पठाएको थियो । ति नेपालीहरु अहिले उद्वारको लागि हार गुहार गरिरहेका छन् । तर सम्बन्धित निकायले त्यसको सुनुवाइ गरेको पाइदैन । कुवेत पठाउने म्यानपावर संचालकहरुको नाम यस प्रकार रहेका छन् कृष्णप्रसाद पुडासैनी, मोहन बस्नेत, धनबहादुर सारु मगर, भीमनाथ पौडेल, राजेश प्रसाद जैसवाल, रत्न पौडेल लगायतका म्यानपावर संचालकहरुले १३ जना नेपालीहरुलाई कुबेत पठाएको पाँच महिनाभन्दा बढी भएको छ । उनिहरु अहिले कुबेतमा गैर कानूनी रुपमा बिचल्लीमा परेका छन् ।

ति बिचल्लीमा परेका नेपालीहरुको नाम यस प्रकार रहेको छ: भीम बहादुर बस्नेत, जनादर्न धिमिरे, लालकाजी भूजेल, थम्मन बहादुर नेपाली, नियन राजवंशी, राजेश चौधरी, बिक्रम थापा, गोबिन्द कुँवर, उदय न्यौपाने, निमा छिरिङ शेर्पा, बनिस गौतम, रुपेश तामाङ, सागर कुमार योङ्गहाङ नाम गरेका व्यक्तिहरु कुबेतमा अलपत्र परेपछि कुबेतबाट ती पिडितहरुले विभिन्न संचार माध्यम र वैदेशिक रोजगारका तत्कालीन महानिर्देशक कुमार दाहाललाई समेत भाइबरबाट फोन गरी नेपाल उद्वार गर्नको लागि अनुरोध गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *