सवारी चालक अनुमतिपत्र अनधिकृत रुपमा सच्याउने यातायातका तीन कम्प्युटर अपरेटरविरुद्ध मुद्धा

विविध समाचार

काठमाडौं। लाइसेन्स सच्याएर दिने यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन तीन जना कम्प्युटर अपरेटरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।

अख्तियारले तत्कालिन कम्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रमा कार जीप र डेलिभरी भ्यानको अनुमति थपेर विवरण परिवर्तन गरी प्रणालीमा समेत परिवर्तन गरी अद्यावधिक गरी गराई दिएको आरोपमा विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

अख्तियारले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ अन्तर्गतको कसुरमा सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *