जसपामा मन्त्री हेरफेर हँुदा नेतालार्ई धक्का

समाचार

काठमाडौं । सरकारको एउटा घटक जनता समाजवादीमा विभाजनको संघारमै पुग्ने गरी चर्किएको विवादलाई रोक्नका लागि कार्यकारी अध्यक्ष उपेन्द्र यादवले अस्ती मंगलबार आफ्नो पार्टीको तर्फबाट सरकारमा सामेल भएर भौतिक पूवाधार तथा निर्माण यातायात मन्त्रालय सम्हाली रहेकी रेणु यादवलाई हटाएर मोहम्मद इस्तियाक राईलाई यो मन्त्रालयको जिम्मेवारी दिने गरी, महेन्द्र राय यादवले सम्हालेको कृषि मन्त्रालय मृगेन्द्र सिंहले सम्हाल्ने गरी र रामसहाय यादवले सम्हालेको बन मन्त्रालय प्रदीप यादवले सम्हाल्ने गरी आफ्नो पार्टीका मन्त्री हेरफेर गर्न गरेको निर्णय अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद हेरफेर गरेका छन् । दुई अध्यक्ष उपेन्द्र यादव र बाबुराम भटटराई बीचको विवाद विभाजनको संघार पुगेको अबस्था आफुहरुलाई मन्त्री नबनाए पार्टी फुटाउने चेतावनी दिएपछि उनीहरुलाई मन्त्री बनाउने गरी जसपाको तर्फबाट मन्त्री हेरफेर गर्न अध्यक्ष यादव वाद्य भए । तर पार्टीका मन्त्री हेरफेर गरे पनि जसपा विभाजनको संकट भने झन गहिरिएको छ । यो हेरफेर गर्दा अध्यक्ष यादवले अर्का अध्यक्ष भटटराईसंग सामान्य छलफछ गर्न पनि आवश्यक ठानेनन् । उता जसपाका चार मन्त्री मध्य स्थानीय विकास मन्त्री राजेन्द्र श्रेष्ठ लाई यथावत राखेर अन्य निष्काशनमा परेका मन्त्री अध्यक्ष यादवसंग रुष्ट बन्न पुगेका छन ।
जसपाको मन्त्री हेरफेर संगै यो पार्टी विभाजन निश्चित भएको छ र जसपा विभाजन निश्चित भएसंगै भट्टराईलाई माओवादीमा ल्याउने कसरत माओवादीको एउटा पक्षले सुरु गरेको छ । तर माओवादीको संस्थापना पक्ष भने बाबुरामलाई पार्टीमा प्रवेश गराउन उत्सुक छैन र आमचुनाव संघारमै आएको अबस्थामा बाबुरामलाई अर्को पार्टी गठन गर्न पनि सजिलो छैन । उता अहिले दिल्ली दरवारमा पनि एस.डी. मुनीको दाल गल्दैन । अब महेन्द्र राय यादवसंग मिलेर दल खोल्नुको विकल्प भटटराईसंग छैन भनिन्छ । अध्यक्ष यादवले आफ्नो पार्टीका मन्त्री हेरफेर गरेको लगत्तै बाबुरामले यही असार २९र ३० गते बस्ने गरी विस्तारित समितिको बैठक बोलाएका छन् । यसभन्दा अगाडी अर्का अध्यक्ष यादवले यही असार २९र३०गते बीरगन्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएका छन । समाचार शुत्रका अनुसार जसपाका मन्त्री हेरफेर नगर्न प्रम देउवालाई बाबुराम भटटराईले अनुरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *