बद्नाम बोक्दै, क्रान्तिकारी बन्दै

समाचार

काठमाडौं । गणतन्त्रले दीपक मनांगे जस्तो व्यक्तिलाई सांसद मात्र बनाएन, गण्डकी प्रदेशको मन्त्री समेत बनायो । दीपकलाई सांसद बनाउने पार्टी एमाले थियो । कांग्रेसमा बरु त्यस्ता गुण्डा र दादागिरी गर्ने व्यक्तिले स्थान पाएका छैनन् । तर नेकपा एमालेले पैसा खाएर दीपक मनांगेलाई सांसद बनाउँदा डोल्पाका ठेकेदार प्रेम आले पनि सांसद भए, ओली सरकारमा रहँदा वनमन्त्री पड्काए । अहिले नेकपा एसबाट पर्यटनमन्त्री बने । आलेले आमाचाकडी गाली गरेका वायु सेवा निगमका कार्यकारी युवराज अधिकारी बर्खास्तीमा परेका छन् ।
उता लुम्बिनी प्रदेशकी सामाजिक विकास मन्त्री विमला ओलीले उब्जाएको विवादमा माओवादी नै फस्यो । ओलीको पद गयो । सत्ता जोगाउन एमालेका महासचिव शंकर पोखरेलले आफ्नै निवासमा बन्दक समेत बनाएकै थिए । पोखरेल नेकपा एमालेको ओली खेमाका हुन् । मन्त्री नपाएर मुख छाडेर उपेन्द्र यादवको विरोध गर्ने रेणु यादवको कुरा झन् के गर्नु ? संसद सचिवालयले यस्ता दुर्गन्धबाट पाठ के सिक्ला ? जहाँबाट श्रीमानले सुत्केरी भत्ता बुझेकै छन्, त्यही भत्ता बुझ्ने जनप्रगतिशील पार्टीको नाममा एमालेको सूर्य चुनाव चिन्ह लिएर २०७४ को चुनाव जित्यो । तर सुस्तामा नेपाली माथि भारतले लुटपाट गर्दा बोल्दैन । त्यस्तो सांसद हृदयेश त्रिपाठीबाट यो देशले के पाउँछ ? माओवादीको जनार्दनले स्पन्ज आइरन अन्तशुल्क घटाएर ठूलो राजस्वमारा कम्पनीलाई सहयोग गर्नु स्वभाविक हो ? जसले कृष्ण महरालाई रोशनी काण्ड लाग्दा भोज खाए, आफ्नो अनलाइनमा समाचार लेखाई जात्रा गरे ।
क्रान्तिकारीले गर्न नसुहाउने काम गर्ने कम्युनिष्टको सरकारमा भएका छन् । गिरीबन्धुको काम केपी ओलीले सुरु गरेका थिए । वर्तमान सरकारले निरन्तरता दिँदैछ । नेपालको चुरे भत्काएर महाभारतमा सहर बनाउने ओली सरकारकै योजना अहिलेको सरकारले निरन्तरता दिनु क्रान्तिकारी नै हो । पैसाको अगाडि बद्नामी भए पनि के काम ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *