कर्मचारीको प्रतिभा छान्न बीस लाख खर्च ?

समाचार

काठमाडौं । सरकारका मन्त्री र सचिवहरुले कम र विचौलियाको दबाब र प्रभावमा कसरी चल्छ भन्ने पछिल्लो एउटा उदाहरण हेर्न मंगलबार भए भरका सचिवको मोवाइलमा आएको एकै थरीको म्यासेजलाई आधार मान्दा पनि हुन्छ ।
मंगलबार अपरान्ह संघमा कार्यरत सबै सचिवहरुको मोवाइलमा एउटै व्यक्तिबाट उही प्रकारको म्यासेज पठाइएको छ । गोकुल बस्नेतको नामबाट पठाइएको म्यासेजमा भए भरका सचिवहरुलाई भृकुटीमण्डपमा अपरान्ह १ बजे भेला हुन भनिएको छ । एउटा एनजिओद्धारा आयोजित कार्यक्रमको ग्रायण्ड फाइनलमा भए भरका सचिवहरुलाई एसएमएस पठाएर सो कार्यक्रममा आमन्त्रण गरिएको हो । म्यासेजमा लेखिएको छ,नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रतिभा डबली कार्यक्रमको अन्तिम फाइनल छनौटमा अनिवार्य उपस्थितका लागि अनुरोध गरिएको छ । यसरी सबै सचिवलाई म्यासेज पठाउने पात्र हुन गोकुल बस्नेत,मुख्यसचिव शंकरदास वैरागीका स्वकीय सचिव । मन्त्रालयले आइडिया स्टुडियो नामक एउटा एनजिओसँगको सहकार्यकमा कर्मचारीको प्रतिभा छान्ने कार्यक्रम हो यो । छिरिङ लामा,रुपेश श्रेष्ठ,बर्षा श्रेष्ठ,रबिन्द्र श्रेष्ठ र माल्भिका सुब्बाहरुले चलाएको एनजिओ हो त्यो । निर्मला बिष्ट रावल,रेणु् प्रसाद पाण्डे र सजिलो मर्मत सेवा नामक कम्पनीहरुको दबदबा रहेको सो कम्पनीले नेपालका कर्मचारीहरुको प्रतिभा खोज्न थालेको हो । कर्मचारीको प्रतिभा खोज्ने नाममा सरकारले आर्थिक बर्षको अन्त्यमा २० औं लाख रकम उक्त एनजिओलाई खन्याएको छ । सोही एनजिओले मंगलबार (हिजो) सार्वजनिक क्षेत्रको कार्यशैलीलाई नवप्रवर्तनात्मक सोचबाट सञ्चालन गर्ने अवधारणागत प्रतियोगिताको प्रथम चरणमा १० कर्मचारीमध्येबाट नवीन सोच (इनोभेटिभ आइडिया) भएका तीन कर्मचारी छनौंट गर्न लागेको हो ।
सामान्य प्रशासनका अनुसार १० जनामध्ये अरुण जिसी, नवराज पराजुली, नसिब आचार्य, प्रमोद नेपाल, विजयकुमार रम्तेल, विजेता सुवेदी, विश्वमङ्गल शर्मा, मानबहादुर खड्का, रामप्रसाद अवस्थी र ज्ञानीकुमारी थापा परेका छन् । प्रतियोगितामा विभिन्न ३४ वटा सोचबीच प्रतिस्पर्धा भएको थियो । छनोटमा परेका १० जनाबाट उत्कृष्ट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई पुरस्कृत गरिने कार्यक्रममा सचिवहरुलाई एसएमएसमार्फत डाकिएको हो । कर्मचारीको प्रतिभा क्षमता उस्को काम गराई,कार्यशैली र कार्यसम्पादन र सेवाग्राहीले प्राप्त गरेको सेवाबाट खोज्ने हो वा कुनै एनजिओलाई राज्यको लाखौं रकम दिएर उस्का सहायताले खोजिदिनु पर्ने हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *