गोरखामा बस दुर्घटना हुँदा पाँच जना घाइते

समाचार

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–४ राम्चेचौतारामा आज बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

चितवनको नारायणगढबाट गोरखाको भच्चेकतर्फ जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको बस आज दिउँसो पौने १ बजे अनियन्त्रित भइ दुर्घटना भएको हो ।

घाइते भएका सबैलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *