प्राइम लाइफद्वारा विद्यार्थीलाई सहयोग

अर्थ/वाणिज्य समाचार

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले उदयपुरको श्री खाट मन्दिर आघारभूत विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग तथा विद्यालयलाई नगद सहयोग गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयमा अध्यनरत तीन सय ५० जना बालबालिकालाई स्कुल ब्याग तथा भवन निर्माणका लागि तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

कम्पनीले कार्यक्रम अयोजना गरी परराष्ट्रमन्त्री डा। नारायण खड्काको प्रमुख आतिथ्यमा स्कुलमा पुगी सहयोग हस्तान्तरण गरेको जनाइएको छ । कम्पनीले डा। खड्काको पहलमा सहयोग गरेको जनाएको छ । विद्यार्थी तथा विद्यालयलाई सहयोग हस्तान्तरण गर्दै परराष्ट्रमन्त्री डा। खड्काले आफ्नो गृह वडाका विद्यालयलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । उनले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि आफूले सक्ने सहयोग गर्ने बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जीवन बिमा कम्पनीले जसरी आर्थिक सुरक्षामा जोड दिएको हुन्छ, त्यसरी नै शिक्षा–स्वास्थ्यजस्तो विषयमा समेत संवेदनशील भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय तथा विद्यार्थीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्लेले इन्स्योरेन्स कम्पनीले यस किसिमको सहयोगले केही थप हौसला मिलेको बताए । कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, लक्ष्मण ज्ञवाली, मन्दिल अधिकारी, हरिबहादुर खड्का, विकास अधिकारी लगायतको उपस्थिति रहेको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *