अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवा स्वयंले सम्हाले

राजनीति समाचार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामापछि मन्त्रीविहीन मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा ९२० को खण्ड ९क० बमोजिम मन्त्री पदबाट अर्थमन्त्री शर्मा राजीनामा दिएको हुनाले अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोकेकी छन् ।

बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको जानकारी दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *