आफ्नै कारण अर्थमन्त्रीसँगै पार्टी महासचिव पनि गुमाउने भए शर्माले

राजनीति समाचार

काठमाडौं । जनार्दन शर्माले राजीनामा गरेपछि रिक्त हुनपुगेको अर्थमन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शेरबहादुर देउवा आफैले सम्हाल्न थालेका छन् । यसअगाडि गत मंसिरमा भएको १४ औं महाधिवेशनमा भावी नेतृत्वका भएको निर्वाचनमा महामन्त्रीमा पराजित भएपछि डा. मिनेन्द्र रिजालले राजीनामा दिएपछि रिक्त भएको रक्षामन्त्रालय पनि शेरबहादुर देउवाले नै सम्हाल्दै आएका छन् ।

अहिले चुनाव संघारमै आइपुग्न थालेको कारण अर्थमन्त्रालयको जिम्मेवारी कांग्रेसले नै सम्हाल्नुपर्ने मत कांग्रेसभित्रैबाट चर्को रुपमा आउन थालेको छ । उता वर्तमान सरकार गठन हुँदा अर्थमन्त्रालयको भागमा परेको अर्थमन्त्रालय छाड्नुपर्ने अवस्थामा गृहमन्त्रालय पाउनु पर्ने दावी गर्न थालेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भने सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्रालयको जिम्मेवारी दिने सञ्चारमन्त्रालय माओवादी केन्द्रलाई दिने पक्षमा देखिएका छन् ।
तर, गृहमन्त्रालय नपाएको अवस्थामा अर्थमन्त्रालय नछाड्ने अडानमा माओवादी केन्द्र रहेको छ । अहिले माओवादी केन्द्रको तर्पmबाट भावी अर्थमन्त्रीमा वर्षमान पुन र कृष्णबहादुर महराको नाम चर्चामा आएको छ ।

उता पदाधिकारी चयनको अन्तिम कसरत गरिराखेका प्रचण्डले अहिलेको परिस्थितिमा जनार्दन शर्मालाई पार्टीको महासचिव बनाउने सम्भावना लगभग पक्का जस्तै छ ।

खासगरी आगामी आर्थिक वर्षको वार्षिक बजेट सार्वजनिक गर्ने क्रममा भएको बदमासी भन्दै लगाइएको आरोपका सम्बन्धमा गठन भएको संसदीय छानविन समितिले प्रतिवेदन नदिई जनार्दन शर्मालाई पदाधिकारीमा चयन गर्ने अवस्था छैन ।

यसरी जनार्दन शर्माले पदको दुरुपयोग गरेर मोटो रकम कमाउने दुस्सास गर्दा अर्थमन्त्रीसँगै पार्टीको महासचिव पदसमेत गुमाउनुपर्ने अवस्था आएको छ ।
प्रधानमन्त्री देउवाले अहिले संसद्मा नागरिकता विधेयक अगाडि बढिसेकेकाले केही दिनमा नै लोकतान्त्रिक समाजवादीलाई सरकारमा सामेल गर्ने र अहिले रिक्त रहेका मन्त्रालयहरुमा पनि जिम्मेवारी व्यवस्थापन गर्ने योजनामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *