भिटामिनजन्य औषधिको जथाभाबी बिक्री र प्रयोग नगर्न विभागको आग्रह

शिक्षा/स्वास्थ समाचार

काठमाण्डौ । बजारमा खाद्यवस्तु जस्तै गरी केही औषधि र भिटामिनजन्य औषधिको जथाभाबी बिक्री भइरहेको पाइएको छ । यसरी बिक्री भइरहेका औषधि तथा भिटामिनले स्वास्थ्यमा असर पारिरहेको भन्दै औषधि व्यवस्था विभागले यस्ता औषधि प्रयोग नगर्न आग्रह गरेको छ ।

विभागले आज सूचना निकालेर ट्याबलेट, क्याप्सुल तथा झोलमा पाइने औषधि खाद्यवस्तु जस्तै गरी आयात र बिक्री भइरहेकाले प्रयोग नगर्न सचेत गराएको हो । विभागले यस्ता औषधिलाई प्रतिबन्धसमेत लगाएको जनाएको छ । जी ल्याब्रोटोरिज, भारतमा बनेको बायोदी ड्रप्स बालबालिकाका लागि प्रयोग गर्दा असर देखिएको सूचनामा भनिएको छ ।

विभागका अनुसार यी औषधि नेपालमा दर्ता भएका छैनन् । यी र यस्ता अनुमति नपाएका र दर्ता नभएका औषधि र भिटामिन प्रयोग नगर्न विभागको आग्रह छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *