बलात्कार मुद्धामा हदम्याद बढाउन दलहरुबीच सहमति

राजनीति समाचार

काठमाडौं । दलहरुबीच बलात्कार मुद्धामा हदम्याद बढाउने सहमति जुटेको छ । संसदको कानून, न्याय तथा मानवअधिकार समितिको शुक्रबारको बैठकमा उक्त सहमति जुटेको हो ।

दलहरुबीच जुटेको सहमति अनुसार अब बालिगको हकमा एक वर्ष र नाबालिगको हकमा २ वर्ष हदम्याद हुनेछ । समितिको बैठकमा आज यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकको मस्यौदामाथि छलफल भएको थियो । उक्त छलफल लगत्तै सहमति जुटेकोे हो ।

अब कुनै पनि बलात्कारमा परेका नाबालिगले बालिग भएको ३ वर्षपछि अर्थात २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्न सक्नेछन् ।

थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा बलात्कारमा परेको भए थुनामुक्त वा अपहरणमुक्त भएको दुई वर्ष ३ महिना भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *